नविन कुमार चौधरी, झुम्का, सुनसरी श्रावण २८

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीले २० औं स्थापना दिवसको अवसरमा संचारकर्मी र सरोकारवाला एकैठाउ भेलाभएर समाज विकासमा आदिवासी संचारकर्मीको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । रामधुनीको थारु कल्याणकारिणी सभा भवनमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा सुनसरीका विभिन्न स्थानबाट आदिवासी पत्रकारहरुको उपस्थिति रहेको थियो ।
नेपालको ७० प्रतिशत जनता आदिवासी जनजाति रहेतापनि उनीहरुको हक अधिकार कुन्ठित अवस्थामा रहेको कारणले तिनका माग मुद्धालाई अगाडि सार्नको लागि फोनिजको उदयभएको जानकारी गराउदै फोनिज सुनसरीका अध्यक्ष धिरेन्द्र चौधरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत कार्यपत्रमा हाल प्रदेश १का १४ जिल्लामा ४०० को संख्यामा आदिवासी जनजातिहरु आफ्नो माग मुद्धालाई अगाडि सार्ने क्रममा फोनिज पत्रकार महासंघमा आवद्ध रहेको र सुनसरीमा १००को हाराहारीमा रहेको जनाएको छ । नेपाल पत्रकार महासंघमा पनि ५७ जना आदिवासी पत्रकारहरु आवद्ध रहेको र त्यस मध्ये १० जना थारु मात्र रहेको जानकारी गराउँदै उहाँले संख्यात्मक बढी भएतापनि आदिवासी जनजाति पछाडि परिरहेको अवस्थामा अवकादिनमा संचारकर्मीहरुको भूमिका के रहने भन्ने सम्बन्धमा स्थानिय जन प्रतिनिधिहरु, समाजसेवी, राजनितिज्ञ सँग परामर्शका लागि अन्तरक्रिया कार्यक्रम गरिएको हो । सो कार्यक्रममा परामर्शका निम्ति प्रमुख अतिथि रामधुनी नगर उपप्रमुख सविना चौधरी, विशिष्ट अतिथि आदिवासी जनजाति पत्रकार भैरव आङला, अतिथिहरु रामधुनी नगरका १ नंं. वडाध्यक्ष महेश चौधरी, २ नं. वडाध्यक्ष रामनारायण चौधरी, ९ नं. वडाध्यक्ष घनश्याम चौधरी, नेपाली काँग्रेस रामधुनी नगर सभापति सुदिप कार्की, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खडका, पूर्व प्रहरी संघका अध्यक्ष चित्र बहादुर कार्की, समाजसेवी एवं आदिवासी जनजाति संघ अधिवक्ता तेजनारायाण चौधरी, फोनिज सुनसरी सल्लाहका तथा पूर्व अध्यक्ष जनकऋषि राई, रामधुनी नगर आदिवासी जनजाति संघ का संयोजक राजकुमार चौधरी, थाकस सुनसरी अध्यक्ष सुरेन्द्र चौधरी, थाकस ईटहरीका उपाध्यक्ष सुशिला लेखी लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen