नविन कुमार चौधरी, झुम्का,श्रावण २३
रामधुनी नगर पालिका वडा नम्बर ४ मा अबस्थित रामधुनी मन्दिर परीसरमा जडान गरीएको नेपाल टेलिकमको टाबर बुधबार बिधिबत रुपमा उदघाटन गरीएको छ ।
रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा एक कार्यक्रम गरि प्रमुख अतिथि श्री रामप्रसाद उपाध्यायले मोबाइलबाट फोन गरेर उद्घाटन गर्नुभएको थियो । ऐतिहाँसिक र धार्मिक तिर्थ स्थलकोरुपमा परिचित रामधुनी मन्दिरमा नेटवर्कको अभावकाकारण संचारमा अवरोध आएको कारण श्रद्धालुभक्तजन लगाएत यात्रुमहानुभावहरुलाई समेत समस्या हुने भएको महसुस गर्दै गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीको विशेष पहल र नेपालटेलिकमको सक्रियतामा मन्दिर परिसरमा टावर खडा गरी टेलिकम सेवा संचालनकार्य सम्पन्न भएको छ । प्रमुख अतिथि पूर्व क्षेत्रिय निर्देशनालय नेपाल टेलिकमका निर्देशक रामप्रसाद उपाध्यायका अनुसार उनी पहिलेपनि यस ऐतिहाँसिक धार्मिक तिर्थ स्थलमा दर्शनकालागि आउँदा संचारको आवश्यकता महशुस गरेकाकारण यस क्षेत्रलाई पर्यटकिय स्थलकोरुपमा विकास हेतु टेलिकम टावरको अत्यन्त जरुरी ठानेर तदारुपताका साथ लागेर टावर स्थापना गर्न सफल भएको बताउनुभयो । हाल यस टावर स्थापनाले भक्तजन तथा दर्शनार्थीहरुले मोबाइलको टु (२) जी बि.डि.एस. सेवा प्राप्त गर्न सक्ने जनाएको छ । यस सेवामा फोन तथा एस.एम. एस. गर्न सकिन्छ तर नेट चलाउन सकिदैंन तथापि यो सेवा तत्कालको लागि उपलब्ध भएपनि राम्रो विद्युत्त सेवा उपलब्ध भएमा निकट भविष्यमा फोर (४)जी बि.डि.एस. सेवाको व्यवस्था तथा लिज लाइनबाट फ्रि वाइफाइको समेत व्यवस्था गर्नसकिने आस्वाशन दिएको थियो ।
कार्यक्रमका सभापति गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीकार्कीले टेलिकम टावर स्थापना देखी समग्र मन्दिर व्यवस्थापनको विषयमा चर्चा गरेका थिए । उनले निकै ठूलो कसरत पश्चात केही जनप्रतिनिधि, स्थानिय बासी, समाजसेवी, तथा विशेष गरी नेपाल टेलिकमका निर्देशक तथा प्रमुखको सहयोगमा सम्भव भएको बताए । पवित्र तिर्थ स्थल रामधुनी मन्दिरको प्रारम्भको कुरालाई जोड्दै यसको सम्बन्धलाई रामायण सर्किट सँग जोडिन प्रदेश सरकार लगाएत भारतिय राजदुताबास सम्म कुरा अगाडि बढाएको बताएका छन । पर्यटकिय विकासका लागि गौशाला निर्माण, हरिण पालन, कुण्ड इनार तथा घाट व्यवस्थापन लगाएतका कार्यगरेको साथै निकट भविष्यमा गुरुकुल शिक्षा संचालन गर्ने, गौमुत्र प्रशोधन केन्द्र स्थापना गरि औषधि उत्पादन गर्ने लगाएतका योजनाहरु अगाडि सारेका थिए ।
कार्यक्रममा अतिथिहरु नेपाल टेलिकम पूर्व क्षेत्रिय निर्देशनालयका सह प्रमुख रामनरेश सिंह, नेपाल टेलिकम इटहरीका ज्ञानेश दगांल कुवर, टेलिकम लेखा अधिकृत घुरन चौधरी, जनप्रतिनिधि मनेष चौधरी, नेकपा संयोजक राम कोइराला, समाजसेवी पुष्प भट्टराई लगाएतको उपस्थिति रहेको थिया ।
Sita Kund Ramdhuni Temple Nepal telecom tower