नविन कुमार चौधरी, झुम्का, श्रावण २३
सुनसरीको रामधुनीमा स्थापित हुडेप नेपाल नामक संस्थाले शनिबार यौनिकता शिक्षाको मुद्धालाई सक्रियता पुर्वक अगाडि बढाउदै लगौनाको कल्पवृक्षपार्टिप्यालेसमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
ग्रामिण भुभाग र परम्परागत धारणाले जरो गाडेको नेपाली समाजमा यौन के हो र यौनिक हक के हो, भन्ने विषयमा गहन छलफल तथा अन्तरक्रिया गरि समाजमा यौन शोशन र यौन जन्य अपराधहुबाट बचाउने उद्देश्यकासाथ बुद्धिजिवी तथा पत्रकारहरुको उपस्थितिमा वृहत्त यौनिकता शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको थियो । कार्यक्रममा आर एच आर एन संस्थाका प्रशिक्षक श्री प्रकाश कार्कीले प्रशिक्षण गराएको थियो । हुडेप नेपालका अध्यक्ष डिल्लीकार्कीको सभापतित्वमा सम्पन्न सो अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख जय प्रकास चौधरी प्रमुख अतिथि त्यसै गरी नेपाल पत्रकार महासंघका अध्यक्ष अम्मर खडका विशिष्ट अतिथि रहनुभएको थियो । अभिमुखीकरण कार्यक्रममा सुनसरीका रेडियो, पत्रपत्रिका तथा टेलिभिजनका पत्रकारहरुको वृहत उपस्थिति रहेको थियो । मेडियाहरुले आआफ्नो स्थानबाट यौनिकता सम्बन्धि कार्यक्रम संचालन गरिरहेको र यसकोलागि विभिन्न निकायले साथ सहयोग गरेको खन्डमा यस वृहत रुपमा यस मुद्धालाई अगाडि बढाउन सकिने कुरामा जोड दिइएको थियो ।
यसै कुरालाई जोड दिदै नगर प्रमुख जयप्रकास चौधरीले विभिन्न उदाहरण सहित प्रष्ट पार्दै नगरले यौनिकताका सम्बन्धमा र यौनिक शिक्षाको सम्बन्धमा सचेत रहेको र आफुले यस मुद्धामा हरेक तरिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यौनिकताको सवालमा पत्रकारहरुले पनि अनुसन्धान मुलक समाचार सम्प्रेशन गरिदिन अपिल गर्नुभएको थियो । मानिसको यौनिक अधिकार इज्जत र प्रतिष्ठा सँग सम्बन्धित रहेकोले कसैको प्रतिष्ठा माथि आँच नआउने हिसावले समाचारहरु संप्रेशन गर्न भनिएको हो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen