धिरेन्द्र चौधरी, झुम्का,श्रावण २३
झुम्का कारागारका कैदीबन्दीहरु बासको मुढा बनाई आय आर्जन गरीरहेका छन् ।
कार्यालयका जेलर डा.कृष्णबहादुर धिमिरेले बुधबारको तथ्याङ अनुसार कारागारमा एक हजार सात सय १६ जना कैदीबन्दी रहेको जानकारी दिए । कैदीबन्दीलाई मुढा बनाउने काम बाहेक बिधुत वाईरिङ, अनौपरीक शिक्षा, खेलकुद लगायत सचेतनाका लागि बिभिन्न कार्यक्रम हुदै ै आएको कारागार कार्यालयले जनाएको छ ।
यहा उत्पादित मुढा काठमाण्डौं, जनकपुर, बेल्टार, बिरगंज लगायत देशको बिभिन्न ठाउमा रहेको बजारमा बिक्रीको लागी जाने गरेको छ । कार्यालयबाट प्राप्त जानकारी अनुसार गत आर्थिक बर्षमा रसुवा हुदै छिमेकी राष्ट चाइना देशमा एक करोड रकम बराबरको मुढा बिक्रीबाट आर्थिक कारोबार भएको छ ।