नविन कुमार चौधरी, झुम्का, श्रावण ११
रामधुनी नगरपालिकाको असारे योजनाले भख्खरै ग्राभेल गरेको बाटो काम नलाग्ने भएको छ । वर्षको सुख्खास मयमा गर्नु पर्ने सडक मर्मत तथा ग्राभेलिङ्गका काम आर्थिक वर्षको अन्तिममा गरेकोले असार महिना सँगैको वर्षाले सडक बाटो हिलाम्य बनाएको छ । वर्षात्को समयमा एक त नदिकटानको समस्याका कारण ढुङ्गा, माटो तथा गिटि महङ्गो मुल्यमा ल्याउनुपर्ने हुन्छ भने अर्को तिर खसालेको माटा तथा गिटि पनि बस्न नपाउदै बाढीले बगाएको कारण नगरपालिकाको आर्थिक क्षत्ति भएको जन गुनासो रहेको छ । सडक बाटो निर्माणमा नगरको ६० प्रतिशत बजेट खचिएपनि नगरबासी हिलोमै हिडनु पर्ने बाध्यताका कारण मानिसहरुले जनताबाट उठाएको करको सहि सदुपयोग नभएको बताएको छ । रामधुनी वडा नं. २ का स्थानिय बासी आदेश श्रेष्ठका अनुसार बाटो चौडा गर्दा र नाला निर्माण गर्दा जनताको ४० प्रतिशत र नगरपालिकाको ६० प्रतिशत लागतमा कार्य सम्पन्न गरिने भनेर फिटको हिसावले रकम तिराइन्छ र जनताले राम्रो बाटो घाटो हुन्छ भन्ने आशामा खुसी खुसी तिर्छन पनि तर आर्थिक वर्ष नसकिदै हिलोबाटोमा हिड्न बाध्य हुन्छन । उनी जस्तै नगरका विभिन्न मानिसहरुको नगरपालिकाको असारे योजनामा असन्तुष्ट छन् ।
कतपय ठाउमा वडाले बजेट पचाउने हिसाबले हचुवाको हिसावले गिटि खसालेर बसेको सडकलाई पनि डोजर लगाएर सम्याउदा हिलाम्य अवस्थामा बस्न बाध्य जनताहरु नगरको काम प्रति असन्तुटी व्यक्त गरेका छन् ।
सडकहरुको डरलाग्दा चित्रहरु

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen