नविन कुमार चौधरी, झुम्का, श्रावण ११
लगातारको वर्षाका कारण आएको बाढीले रामधुनी नगरपालिकाका विभिन्न खोलामा रहेको पुलमा पु¥याएको क्षत्तिको नगरले अनुगमन थालेको छ । नगरका विभिन्न खोलामा रहेको पक्कि तथा फलामे पुल क्षत्तिग्रस्त भएको कारण कुन पुलको अवस्था कस्तो रहेको छ, त्यसको लागि नगरपालिकाले अनुगमन समिति बनाएर प्रत्यक्षरुपले स्थलगत अनुगमन गरिरहेको छ । सामितिमा प्रभावित वडाका वडाध्यक्षहरु, कर्मचारीहरु रहेका छन् । समिति गठन पश्चात अनुगमनमा वडा नं. २का वडाध्यक्ष रामनारायण चौधरी, ३ नं. वडाध्यक्ष राजकुमार चौधरी, ९ नं. वडाध्यक्ष घनश्याम चौधरी, योजना विकास शाखा प्रमुख हर्शलाल चौधरी, सरसफाइ अभियानता रविन कुमार ठाकुर लगाएतले अनुगमनमा सहभागी रहेका जानकारी वडाध्यक्ष राजकुमार चौधरीले जानकारी दिनुभयो ।
अनुगमन पश्चात पुलको अवस्थाअनुसार नगरले अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन योजनानुरुप मर्मत सम्भार, पुणः निर्माण तथा राहतका कार्यक्रम गर्ने नगर प्रमुख जयप्रकाश चौधरीले बताउनुभयो । मर्मत गनुपर्ने अवस्थाका पुलहरुमा तत्काल मर्मत गर्ने तथा राहतका कार्य गर्ने जनाएको छ भने पुन निर्माण गर्ने अवस्थाका पुलहरुमा लागत अनुमान गरि प्रदेश तथा केन्द्रसँग समन्वय गरि कार्यक्रम अगाडि बढाउने जानकारी दिनुभायो ।
लगातारको वर्षाका कारण बाढीले रामधुनी नगरका वडा नं. २ मा पर्ने झुम्का धमौरा जोडने सडक खण्डको दतकिच्चा खोलाको फलामे पुल क्षत्तिग्रस्त अवस्थामा रहेको छ । पुलको पश्चिम तटको माटो बाढीले बगाएकोकारण भासिएको छ । त्यसैगरि रामधुनी वडानं. ८ को पौडेल चौक जाने बाटोमा रहेको पुतौधरा खोलाको पुलपनि बगाएको छ । वडा नं. ९ को पनि मचैंया बाधमा रहेको फलामे पुल कटानका कारण पुल बाँगिएको छ । त्यसतै वडा नं. ९ कै मर्चौया इनरुवा जोडने सडक खण्डमा अवस्थित दत्तकिच्चा खोलाको दुवै किनारको जाली बगाएको कारण पुलको दक्षिण पटिको पाया खोलातिर खस्केको छ । यसतै रामधुनी का विभिन्न स्थानमा कुलो तथा बाटो बगाएर क्षत्तिग्रस्त भएको जानकारी नगरपालिकाले जानकारी गराएको छ । क्षत्ति ग्रस्त पुलहरु थप वर्षाका कारण झनै खराव अवस्थामा पुगेको छ ।
क्षत्तिग्रस्त पुलको अवस्था यस्तो छ ः

वडा नं. ९को मर्चैया इनरुवा जोड्ने दत्तकिच्चा खोलाको पुल

वडा नं. ८ को पुतौधरा खोलाको पुल


धमौराको फलामे पुल हिजो


धमौराको फलामे पुल आज

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen