नविन कुमार चौधरी, झुम्का, श्रावण ११
नेपालका ७ वटै प्रदेशका स्थानिय तहमा स्थापित रोजगार सेवाकेन्द्र अन्तर्गत रामधुनी नगरको केन्द्र नाम मात्रको देखिएको छ ।
गत फागुन २९ गते तय गरिएको केन्द्रमा २०७५ चैत्र मसान्त सम्ममा विभिन्न स्थानिय तहका १८ वर्ष देखी ४९ वर्ष सम्मका वेरोजगारहरुको फारम दर्ता गरिएको थियो । दर्ता भएका वेरोजगारहरुलाई नगरपालिकाको सहयोगमा रोजगार दाता संघ संस्था, उद्योग तथा व्यवसाय सँगको सहकार्य गरि रोजगारी प्रदान गर्ने उद्देश्यले सो केन्द्रको स्थापना गरिएको हो । तर गत आ. व. मा सेवा केन्द्रको नाममा २८ लाख बजेट आएको थियो । सो रकम गत आ.व. मा मज्दुर स्तरिय कामका लागि ११९ जनालाई काम दिइएको थियो । जस अन्तर्गत सडक मर्मत, फुलबारी तथा वृक्षा रोपन, सरसफाइ जस्ता काममा खटाएको थियो ।
नगरले काम सृजना गरेर तथा रोजगार दाता संघ संस्थासँग समन्वय गर्ने र सेवाकेन्द्रले कामदार उपलब्ध गराउने यसको मुख्य निति रहेकोले बजेट पनि सेवा केन्द्रको नाममा नआएर नगरपालिकाकै नाममा आएको हो । यसका लगि केन्द्रले नगरपालिकाको सहयोगमा स्थानिय व्यवसायी हरु सँग अन्तरक्रिया कार्यक्रम पनि गरेको थियो । नगरले विभिन्न निकायमा समन्वय गरेर रोजगार दिने प्राव्धान छ तर नगरले रोजगारी सृजनाको कुरा परै जाओस रोजगार सेवा केन्द्रलाई नै नगरको अंग नभएको जस्तो व्यवहार देखाएको छ । रोजगार सेवा केन्द्रका संयोजक श्री खगेन्द्र सुब्बाका अनुसार यस सेवाकेन्द्रले नगरपालिकाकै सहकार्य, समन्वय तथा निर्देशनमा नगरका बेरोजगारलाई रोजगार दिलाउने यसको निति रहेकोमा नगरले यस केन्द्रलाई नगरको शाखा मान्न पनि अस्वीकार गरेका छन । सुब्बाले प्रस्ताव गरेको योजनामा पनि नगरपलिकाले वेवास्ता गरेको कारण काम गर्न असहज भएको उनी बताउछन । केन्द्रको कामकालागि जिन्सी व्यवस्थापन शखाबाट खर्च व्यहोर्ने बताउदै आफुकहाँ खर्चको विल विवरण मात्र आउने गरेको बताउछन । केन्द्र स्थापना पश्चात ४ महिना काम गरि सकेर पनि नगरपालिकाले संयोजक सुब्बालाई कर्मचारीको रुपमा स्वीकार गरेको छैन । उनले अहिले सम्म पनि कर्मचारी आइडी कार्ड पाउन सकेको छैन । गत चैत्र मसान्त सम्ममा फारम भरिएका ६२३ वेरोजगारहरुलाई सिप र क्षमत्ता अनुसारको काम दिलाउने लक्ष्य भएतापनि नगरले रोजगार दिलाउने तर्फ कुनै चाँसो नदेखाएका कारण सेवा केन्द्र विना कामको अफिस झै भएको छ ।
नेपाल अधिराज्यभरका वेरोजगारी समस्यालाई न्युनीकरण गरि स्वदेश भित्रै रोजगारीका अवसरहरु सृजना गरेर स्वरोजगार बनाउने उद्देश्यले ७ प्रदेशका ७५३ वटै स्थानियतहमा रोजगार सेवा केन्द्रको स्थापना गरिएको छ । तर प्राय जसो स्थानियतहले यसके अर्थ नबुझेको हो वा नगरको जनतालाई स्वरोजगार बनाउन नचाहेको हो, गत आ. ब. मा पाएको बजेट पनि कार्यान्वयन गर्न नसकेर फिर्ता पठाएका छन । बजेटको प्रयोग गरिएका स्थानिय तहहरुलाई भने थप बजेट ४ महिना पछि अर्थात दशैं पश्चात मात्र आउने संयोजक सुब्बाले जानकारी दिएका छन । उनका अनुसार नगरले चाँसोकासाथ समन्वय गरेमा फारम भरेका बेरोजगारले वर्षैभरी काम पाउन सक्दथे तर नगरले वास्ता नगरेकाकारण फारम भरेका मानिसहरुले पनि बेकार फारम भरेको महसुश गरेको बताए । फारम भरेकाहरुले बारम्बार केन्द्रमा कामका लागि सम्पर्क गरेता पनि केन्द्रले कुनै जबाफ दिन नसकेको बताए ।

रामधुनी नगर तथा रोजगार सेवा केन्द्रले गरेको अन्तरक्रिया कार्यक्रमको फोटो

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen