नविन चौधरी,झुम्का, श्रावण १०
लगातारको भारी वर्षाकाकारण किसानहरुको बालीनालीमा क्षत्ति पु¥याएको विवरण कृषि ज्ञानकेन्द्रमा पेश गरेमा केन्द्रले क्षत्तिपुर्ति उपलब्ध गराउने भएको छ ।
वर्षाकाकारण लगाएको बाली (धान, तरकारी, फलफुल) डुवानमा परेर नष्ट भएको वा बाढीमा बगाएको भएमा, खोला पसेर बाली कटान गरेको भएमा सोको विवरण सहित कृषिज्ञान केन्द्रमा क्षत्तिपूर्ति माग फारम भर्नु पर्दछ । फारममा नष्ट भएको बाली लगाएको जग्गाको क्षेत्रफल, बालीको किसिम, जग्गाधनी पुर्जा, ठेक्का वा लिजमा रहेको भए आवश्यक कागजात सहित क्षत्तिको विवरण पेश गरेमा आवश्यक छानविन पछि ज्ञान केन्द्रले क्षत्तिपूर्ति दिने रामधुनी नगरपालिकाका कृषि शाखा प्रमुख दुर्गा सापकोटाले जानकारी दिएका छन् ।
कृषि प्रधान देश, नेपालमा सरकारले कृषि क्षेत्रमा विकासकालागि ल्याएको विभिन्न कार्यक्रम तथा योजना अनुरुप किसानहरुलाइ समृद्ध बनाउन किसानको समस्या सामाधान गरेर मात्र तिनको विकास सम्भब भएकोले किसानको बाली डुवाउनु राष्ट्रको अर्थतन्त्र डुब्नु का साथै सरकारको किसान समृद्ध बनाउने निति असफल हुने भएकोले किसानहरुलाई समृद्ध बनाउने उद्देश्यले यस किसिमको क्षत्ति पूर्तिउपलब्ध गराउने भएको हो । किासनको समृद्धिको लगि सरकारले यस वर्ष विभिन्न कृषि तालिम, अनुदान कार्यक्रम समेत प्रभावकारी रुपमा ल्याएको छ ।
क्षत्ति भएको बालीको विवरण भने किसानहरुले श्रावण १० गते भित्रमा कृषि ज्ञानकेन्द्रमा उपलब्ध गराउनुपर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen