नविन कुमार चौधरी, झुम्का,श्रावण ८

बुधबार विहान परेको मुसलधारे वर्षाको कारण सुन्दर हरैचा नगरपालिका वडा नं. २ मा अवस्थित एक बस्ति डुवानमा परेको छ । १५ घर भएको करैवोनाको तल्लो टोल वर्षाका कारण डुवानमा परि जनजिवन अस्तव्यस्त बनेको हो । विहान आएको भारी वर्षाकाकारण कम्मर भरी पानीमा बस्न बाध्य छन । अन्नपाात भएपनि पकाएर खान समेतत समस्या भएको बासिन्दाहरुको भनाइ छ । कम्मरभरि पानीले मानिस लगाएत चौपायालाई समेत आहार विहार गराउन समस्या भएको बताउछन स्थानिय मनिराम खवास । घर आँँगनमा पानी पसेको कारण मानिसको विजोग त छदैछ, त्याहाका करिव १५ विगाहा रोपिएको धान खेत पनि डुवानमा परेको छ । २ विगाहा भख्खरै रोपेको रोपाई पनि पानीले बगाएको छ । थप वर्षाभएमा कसरी के गर्ने विषयमा चिन्तित बासिन्दाहरुको स्थितित भयावह रहेकको छ ।
यस भन्दा पहिला आएको एक हप्ता सम्मको लगातारको वर्षाले पनि यस्तै विजोग बनाएको बताउछन स्थानिय मनिराम खवासले । उनका अनुसार गत साताको लगातारको वर्षाका कारण स्थानिय नन्दराज खवाशको घर ढलेको कारण अन्यत्रै डेरा सर्नुपरेको छ । उनि थप्छन् दुःख को कुरा त यो छ कि त्यस स्थानका जन प्रतिनिधि श्री डोरीलाल चौधरी वडाध्यक्ष हुदाँहुदै पनि यस समस्यालाई नदेखेजस्तो बसि रहेको छ । पिडित स्थानिय बासी राहतको बाटो हेरिरहेपनि वडा तथा नगरपालिकाले कुनै चाँसो नदेखाएको उनले बतााए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen