धिरेन्द्र कुमार चौधरी
रामधुनी ः रामधुनी नगर पालिकामा व्यबसायिक रुपमा खेती गर्ने कृषकलाई एक कार्यक्रम बीच मंगलबार अनुदान रकम बितरण गरीएको छ ।
रामधुनी नगर पालिका कृषि शाखाको आयोजनामा भएको ब्यबसायिक खेती गर्ने कृषक समुह र फर्मलाई अनुदान रकम वितरण गरीएको हो । कार्यक्रममा नगर पालिकाका प्रमुख जय प्रकाश चौधरीले कृषकहरुलाई अनुदान रकम बराबरको चेक हस्तान्तरण गर्नु भयो । सो कार्यक्रममा उहाँले कृषि क्षेत्रमा बिकासका लागि नगर पालिकाले प्राथमिक्तामा राखेको बताउनु भयो । नगर प्रमुख चौधरीले वडा तह र नगरबाट कृषि क्षेत्रमा बिकासका लागि बजेट बिनियोजन भएको जानकारी दिए ।
कृषि शाखा प्रमुख दुर्गा सापकोटाको अनुसार रामधुनीमा कृषक समुह र फर्म गरी ७२ वटा संस्था दर्ता रहेको छ । नगरमा रहेको २२ वटा कृषक समुह र फर्मलाई १२ लाख ९० हजार रकम बराबरको चेक बितरण गरेको कृषि शाखा प्रमुख सापकोटाले जानकारी दिईन् । केही संस्थाको कागज पत्र नमिलेका कारण रकम बितरण पछी हुने उनले भनिन् ।
अनुदान रकम प्राप्त गर्ने कृषि समुह र फर्महरु रामधुनी नगर पालिका वडा नं १ का महेश एगृकल्चर फर्म रु. ४० हजार, केदार प्रसाद चौधरी रु. २७ हजार पाँच सय, मोहनपुर कृषक समुह रु. ८५ हजार, अमृत एकिकृत कृषि फर्म रु. ४० हजार रकम बराबरको अनुदान पाएका छन् । त्यसैगरी वडा नं २ बाट अनुखान रकम प्राप्त गर्नेहरु जेठाको कृषि बगान प्रालि रु. ४० हजार, सृजनशिल कृषि समुह रु. ८५ हजार, सुरेन्द्र प्रसाद चौधरी रु. २७ हजार पाँच सय रहेका छन् ।
वडा नंं ३ बाट अरुण कृषि फर्म रु. ४० हजार, रामधुनी कृषक समुह रु. ८५ हजार, पृतम गया कृषक समुह रु. ८५ हजार, हरीयाली पशुपालन फर्म रु. ४० हजार अनुदान रकम प्राप्त गरेका छन् । वडा नं. ४ बाट अनुदान रकम प्राप्त गर्नेहरु शुभ एगा्रे फर्म रु. ४० हजार, रामधुनी मौरी पालन उधोग रु. ७० हजार, मिलि कृषि नमुना कृषक समुह रु. ८५ हजार रहेका छन् ।
वडा नं. ६ बाट अनुदान रकम पाउनेहरु टिम अफ ट्रष्ट बहुउदेश्यीय कृषि फर्म रु. ८५ हजार, शिब शक्ति तरकारी खेती समुह रु. ८५ हजार, चन्द्र कृषि जन्य फर्म रु. ४० हजार रहेका छन् । त्यसतै वडा नं. ७ बाट फेमिली कृषि फर्म रु. ४० हजार, पुर्व पशुपालन कृषि फर्म रु. ४० हजार र नीलकण्ठ पञ्चाइन कृषि फर्म रु. ८५ हजार अनुदान रकम प्राप्त गरेका छन् ।
अनुदान रकम पाउने रामधुनी कृषक समुहका अध्यक्ष रोहित कुमार पाण्डेले ढेर बिगाहा जग्गामा ब्यबसायिक तरकारी खेती गर्दै आएको बताए । उनले बिभिन्न जातका मौसमी तरकारी उत्पादन गर्दै आएको जानकारी दिए । अर्का कृषक पृतम गया कृषि समुहका अध्यक्ष प्रदिप कुमार चौधरीले २५ जनाको समुहमा सदस्य रहेको सबैले तरकारी उप्पादन गर्दै आएको बताए ।