विराटनगर २० असार । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रदेश नं १ का उत्कृष्ट युवा वैज्ञानिकहरुलाई आज असार २० गते शुक्रबार पुरस्कृत गरेको छ ।
कृषि, विज्ञान र इन्जिन्यरिङ विधामा उत्कृष्ट युवा वैज्ञानिकहरुलाई सामाजिक विकास मन्त्रालयले पहिलो पटक नगद पुरस्कार सहित पुरस्कृत गरेको हो । तीनै विधामा प्रथम हुनेलाई ५० हजार दोस्रो हुनेलाई ३० हजार तेस्रो हुनेलाई २० हजार र सन्त्वनालाई १० हजार सहित पुरस्कृत गरेको छ । विराटनगरको आर्दश विद्यालयमा शुक्रबार भएको प्रर्दशनिमा उत्कृष्टहरुलाई सामाजिक विकास मन्त्रि जीवन घिमिरेले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।
युवा वैज्ञानिकहरुको प्रर्दशनिको अवलोकन पछि पुरस्कार वितरण गर्दै मन्त्रि घिमिरेले युवाहरुमा प्रतिभा, सिर्जना र जोस, जाँगरको खानी पाएको बताउँदै यी प्रतिभाको प्रयोग गर्न सके मानिसको जनजिवन सहज हुने धारणा राखे । युवा बैज्ञानिकका प्रस्तुती पूर्वीय दर्शन र प्रकृति र जीवनको जोडलाई चित्रण गरेको बताउँदै ऋषिमुनीले खोजेका विज्ञानसम्मत कुरालाई अहिलेको जनजीवनसंग जोड्न सहयोग पुग्ने उनको भनाइ थियो । प्रकृति र संस्कार संकृतिका कुरामा अझ बढी अनुसन्धान केन्द्रीत गरी मानिसको जीवन सहज बनाउन बैज्ञानिकहरुको खोज जारी रहनुपर्ने उनको जोड थियो ।
तीन ओटा विधामा विभिन्न २१ वटा समुहले प्रस्तुती दिएका थिए । ती प्रस्तुतीमा कृषि तर्फ कविन्दै भट्टराई प्रथम, आशिष फुयाल दोस्रो, अरुण कटुवाल तेस्रो र कृष्ण पोखरेल सान्त्वना भए ।
त्यस्तै विज्ञान विधामा डाक्टर सुजित कुमार साह प्रथम, पवन साह दोस्रो, विश्वास गुरागाई तेस्रो र रोहित कुमार देव चौथो भए । त्यसैगरि इन्जिन्यरिङ विधामा सुमन खनाल, असोक आङ्देम्बे र एलिसा प्रधानको समुह प्रथम, सरोज दाहाल, बरुण कुमार मुल्मी र क्षितिज गौतमको समुह दोस्रो, शसांक पोखरेल तेस्रो र राजेन्द्र कुमार लिम्बु चौथो भए ।
प्रर्दशनिमा १८ देखि ४० वर्षसम्मका युवाहरुले बनाएका विभिन्न बैज्ञानीक र खोजमुलक सामग्रीको प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen