विराटनगर १८ असार । प्रदेश नं १ प्रदेश सरकारले असार २८ गते प्रदेश स्तरीय रोजगार मेला लगाउने भएको छ ।
सामाजिक विकास मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरि रोजगारमेला सम्बन्धी सबै तयारी पूरा भएको जानकारी दिएको हो । रोजगारका लागि १ हजार २ सय माग आएको छ । वेरोजगार जनशक्ति र रोजगारदाता विचको पुलको काम नगर्न प्रदेश सरकारले पहिलो पटक गर्न लागको रोजगार मेलामा विभिन्न रोजगारदाता उद्योग, व्यवसाय र संघसंस्थाबाट १ हजार २ सय माग आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा बोल्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले यो वेरोजगार जनशक्ति र रोजगार दाता विच तालमेल मिलाउनका लागि यस वर्षदेखि सुरुवात गरिएको बताए । उनले आगामी वर्ष मन्त्रालयले प्रदान गर्ने तालिमसंग यसलाई जोडेर आवश्यक र माग भएका जनशक्ति उत्पादन गर्ने तालिम मात्र प्रदान गर्ने बताए ।
मेलामा रोजगार दाताले रोजगारीको घोषणा गर्ने र वेरोजगारले आवेदन भरी आफ्नो सीप र क्षमता अनुसारको रोजगारी पाउँने छन् । रोजगारी पाएकालाई असार २८ गते श्रम तथा समाजकल्याण मन्त्रि गोकर्ण विष्टले प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ । शिक्षा, स्वास्थ्य, मेकानिक, विजुली, लेखा, होटललगायत प्रशासनिक कामका लागि अनलाइनबाट असार २४ गतेसम्म आवेदन फारम भर्न सकिने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen