सुनसरीको कोशी गाउँपालिकामा दुई दिने मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सम्पन्न भएको कार्यक्रममा कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध गाउँपालिका नितान्त सम्वेदनशील रहेको बताउनुभएको छ ।
मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत सरोकारवाला गैरसरकारी संस्थाहरूसँग मिलेर गाउँपालिकाले सबै वडाहरुमा सचेतनामुलक कार्यक्रम गरेको र सोही क्रममा लौकही र जुद्धगञ्जमा सचेतना कार्यक्रमसमपन्न गरेको बताउनुभयो ।
कोशीको जुद्धगञ्जमा आयोजित सचेतना कार्यक्रममा उपाध्यक्ष यादवले आपूmहरू पालिकामा पनि रणनीतिक कार्ययोजना तयार गर्ने क्रममा रहेको जानकारी दिँदै साझेदार निकायहरूसँगको सल्लाहमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्ययोजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा कोशी गाउँपालिका ४ का वडा अध्यक्ष अमिन मियाँले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा धेरै चुनौती रहेको भन्दै सबै सरोकारवाला निकायहरूसँगको सहकार्य र समन्वयबाट विद्यमान चुनौतीसँग जुध्न सहज हुने धारणा व्यक्त गर्नुभयो ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने दिशामा सरोकारवाला निकायहरूबाट प्राप्त सुझावहरू वडा र गाउँपालिकाले बनाउन लागेको रणनीतिक योजनाका लागि मागदर्शक बन्ने मियाँको भनाई छ ।
कार्यक्रमका सहभागीहरूले मानव बेचबिखन तथा ओसारपसारबाट पीडित भएकाहरूसँग सरकारी वकिल तथा प्रहरीले बयान लिने शैली मानव अधिकारमैत्री नभएको तथा यस्ता व्यक्तिप्रति सबै सञ्चारमाध्यमहरू अभैm चाहे जति सम्वेदनशील नभएको बाह्य बेचविखन तथा ओसारपसारमा परेका महिलालाई उद्धार गर्ने नाममा सिमाना ल्याएर छोडिदिने गरेको बताएका छन् ।
उहाँहरूले बाह्य बेचविखन तथा ओसारपसारमा परेका महिलालाई उद्धार गर्ने नाममा सिमाना ल्याएर छोडिदिने गरेको, उनीहरूको पुनःस्थापना र जीवनयापनका पर्याप्त पूर्वाधार तयार नभएको, शहरी क्षेत्रमा रहेका डान्स बार, मसाज पार्लर तथा रेष्टुराँमा कार्यरत महिला चौतर्फी शोषणमा परेको, कानुनमा भएको खोटका कारण मानव बेचबिखन तथा ओसारपसारमा लागेका व्यक्ति कानुनी कारबाहीबाट सजिलै उम्कने गरेको जस्ता समस्या अघि सार्नुभयो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका विद्यमान कानूनको परिभाषालाई नै पुनःविचार गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभएको थियो ।
कार्यक्रममा कोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र गिरी, सामाजिक विकास शाखा प्रमुख नायव सुब्बा राजकिसोर मेहता, गैरसरकारी संस्थाका विद्यान्दन यादव, जगेश्वर यादव, मोहिउदिन मियाँ, कोशी कटान प्रहरी सहायक निरीक्षक लक्ष्मीनारायण कुर्मी , समाजसेवी इनरदेव खंग, ऋतुराज खेरवार सहितको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश एकका सदस्य पत्रकार जयकृष्ण यादवले नेपालमा मानव बेचबिखन तथा ओसारपसारको अवस्था, यसका कारण, न्युनिकरणका उपायहरु समेटिएको तीन पेजको कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्र माथि सुझाव र मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतना कार्यक्रममा किफायत मियाँ, अरुणकुमार मण्डल, जतन मियाँ, कोशी ४ का वडा सचिव देवनारायण लहुटीया, फेकनीदेवी खंग, आसना खातुन, अकमल आलम, जवजल हुसेन, शंकर खंग, मनोजकुमार यादव, ज्ञानु खातुन, जुम्मा खातुन, गिता यादव, रेखादेवी यादव, चनन्नदेवी यादव, अव्दुल मियाँ, मो.तजमुल हुसैन, मो. गफुर मियाँ, सुनिता यादव र मो. अर्सद आलम लगायतकाले बोल्नुभएको थियो । सरोकारबालाहरुले मानव बेचबिखन तथा ओसारपसार विरुद्धका सचेतना कार्यक्रम गाउँगाउँ र टोलटोलमा चलाउनुपर्ने सुझाव समेत दिएका थिए । कार्यक्रममा सालिका मेहता र पवनकुमार रौनियार लगायतकाले सहजीकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen