समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकामा गठित नगरस्तरीय लैगिङक हिंसा नियन्त्रण संजाल समिति बराहक्षेत्रद्वारा सुनसरी जिल्लामा बढ्दो बाल बिवाह रोकथाम तथा न्यूनिकरणको लागी जेष्ठ २ गते सोमबार बिहान ०८:०० बजे बराहक्षेत्र न. पा. वडा नं. ११ मधुवन स्थितमा सर्वसाधारणलाई जानकारी तथा चेतना फैलाउने उद्देश्यनुरुप घरदैलो कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख निलम खनाल, उप(प्रमुख कमला मगर निर्वाचित जनप्रतिनिधीहरुको प्रमुख नगरस्तरीय लैगिङक हिंसा नियन्त्रण संजाल समितिका संयोजक एवं ईलाका प्रहरीकार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक जिवन तामाङ लगायत अन्य पदाधिकारीहरु तथा सर्वसाधारण, बुद्धिजिवी समेतको अगुवाईमा स्थानिय मधुवन बजारमा भेलाजम्मा भई ब्यानर तथा प्लेकार्ड सहित बजार तथा टोल परिक्रमा पश्चात बराहक्षेत्र न।पा। वडा नं। ११ को कार्यालय अगाडी आई सभामा परिणत पश्चात नगर प्रमुख , उप(प्रमुख लगायतले आ(आफ्नो धारणा मन्तब्य प्रस्तुत गर्नु भएको , सो कार्यक्रममा प्रहरी निरीक्षक जिवन तामाङले बाल बिवाहाले समाजमा पुर्याउने नकारात्मक असर तथा कानूनी ब्यवस्था सम्बन्धमा सचेतना मूलक प्रस्तुती गर्नु भई कार्यक्रम समापन गरिएको थियो ।
सुनसरी जिल्लामा रहेका १२ (बाह्र) स्थानिय तह मध्ये २ (दुई) उप(माहानगपालिका , ४ (चार) नगरपालिका र ६ (छ) गाउँपालिकामा स्थानिय प्रहरी प्रमुख संयोजक रहने गरि लैगिङक हिंसा नियन्त्रण संजाल समिति गठन भई कार्य योजना निर्माण पश्चात स्थानिय तहको सहकार्यमा बिभिन्न चेतनामूलक कार्यक्रम गरि सर्वसाधारणलाई सचेतना अभियान तिव्र रुपमा अगाडी बढी रहेको छ ।

तपाईको प्रतिक्रिया

“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen