रामधुनी ३ पिप्राहा खेल मैदानमा दोश्रो रामधुनी मेयर कप फुटबल प्रतियोगिता सोमबारबाट शुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ रामधुनी यूवा क्लवको आयोजनामा र रामधुनी नगरपालिकाको संयोजनमा शुरु भएको हो । फुटबल प्रतियोगितामा आयोजक क्लवका अध्यक्ष एमकाजी राई को सभापतित्व र रामधुनी नगरपालिकाका मेयर जयप्रकास चौधरीको प्रमुख आतिथ्यतामा खेलको उदघाटन कार्यक्रम समपन्न गरिएको हो । आठ वटा टिमहरुको सहभागिता रहेको सो खेल प्रतियोगिता ९ गते सम्म संचालन हुने छ । खेलको उदघाटन, कार्यक्रमका प्रमुख अतिथि जयप्रकाश चौधरी लगायत विशिष्ट अतिथि, अतिथिहरुले खेलाडि हरुलाई बल हस्तान्त्रण गरी हाथ मिलाएर उद्घाटन गरेको थियो । उदघाटन अगाडि लर्ड बुद्ध इन्टरनेशनल स्कुलका विद्यार्थीहरुले मार्च पास कार्यक्रमको प्रदर्शन गर्नुका साथै फिफा धुन सहित खेलाडिहरुले फिल्डको परिक्रमा गरेका थिए ।
सोमबारको उद्घाटन खेल रामधुनी निलो र इनरुवा नगरपालिका टिम विच भएको हो । निकैनै उत्साहजनक रहेको खेलमा आयोजक टिम रामधुनी निलोले इनरुवा नगरपालिका लाई ट्राइब्रेकरमा ७ गोल गरेको थियो भने प्रतिरोधमा इनरुवा नगरपालिकाले ६ गोल गरेको थियो । हिजोको खेलमा आयोजक टिम रामधुनी निलो बिजय भयो भने इनरुवा नगरपालिका टिमका गोल रक्षक उपेन्द्र चाम्लिंग राई म्यान अफ दि म्याच घोषित भइका थिए । उनलाई रु. १५०० सहित पुरस्किृत गरिएको थियो । आजको खेल ए.पि.एफ. पुर्वाञ्चल र लिजु फुटबल क्लब धरान विच हुने आयोजकले जनाएको छ ।
एद्घाटन समारोहमा विशिष्ट अतिथि रामधुनी उप प्रमुख सविना चौधरी, शिक्षा शाखा प्रमुख राजन गेलाल, अतिथिहरु वडा नं. ९ का वडाध्यक्ष घनश्याम चौधरी, ई.प्र.का. प्रहरी निरिक्षक जितबहादुर बस्नेत, लोटस इं. स्कुलका प्रिन्सिपल बाबुराम खडका, ई.प्र. का. ट्राफिक इन्चार्ज उपेन्द्र महतो, लर्डबुद्ध ईन्टरनेशनल स्कुलका प्रिन्सिपल अर्जुन न्यैपाने, माउन्ट सम्मिट स्कुलका डाइरेक्टर अच्युत तिम्सिना, रामधुनी नगर सूचना अधिकृत वसन्त सुवेदी लगायतको उपस्थिती रहेको थियो । रामधुनी यूवा क्लवद्वारा गत वर्ष प्रथम रामधुनी मेयरकप फुटवल प्रतियोगिता शुरुवात गरिएको थियो ।

तपाईको प्रतिक्रिया

“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen