सुनसरीको कोशी गाउँपालिका ४ नम्बर कार्यालयको सहयोगमा कोशी आधारभुत विद्यालय जुद्धगञ्जका बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको छ ।
कोशी आधारभुत विद्यालयको आयोजना र कोशी गाउँपालिका ४ नम्बर वडा कार्यालयको सहयोगमा ७० जना बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको हो ।
शैक्षिक सामग्री तथा पोशाक वितरण कार्यक्रममा बालबालिकहरुलाई प्रदेश एकका उद्योग पर्यटन वन तथा वतावरण मन्त्री जगदिश प्रसाद कुसियैतले बालबालिकाहरुलाई पोशाक प्रदान गर्नुभएको छ ।
मन्त्रि कुसियैतले गाउँका विपन्न, दलित तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई शैक्षिक क्षेत्रमा प्रवेश गराउनका लागि पोशाक र शैक्षिक सामग्री नितरण कार्यक्रम सार्थक भएको बताउनुभयो ।
कार्यक्रममा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, उपाध्यक्ष अनितादेवी यादव, नेकपाका सुनसरी अध्यक्ष पप्पु मण्डल, कोशी ४ नम्बर कोशी ४ का वडा अध्यक्ष अमिन मियाँ, श्रीपुरका पूर्व अध्यक्ष लतिफ मियाँ, रिफ्रेस सेन्टर कोशी कटानका प्रहरी सहायक निरीक्षक लक्ष्मिनारायाण कुर्मी, ट्राफिक प्रहरीका भिम कटुवाल सहितका सरोकारबालाहरुको उपस्थिती रहेको स्थानीय विद्यानन्द यादवले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हसन मण्डलको अध्यक्षता र उद्योग, पर्यटन वन तथा वतावरण मन्त्री जगदिश प्रसाद कुसियैतको प्रमुख आथित्यमा बालबालिकाहरुलाई पोशाक वितरण कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक अरुणकुमार मण्डलले जानकारी दिनुभयो ।
१, शैक्षिक सामग्री तथा पोशाक वितरण कार्यक्रममा बालबालिकहरुलाई प्रदेश एकका उद्योग पर्यटन वन तथा वतावरण मन्त्री जगदिश प्रसाद कुसियैत सहितका अथितिहरु ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen