बक्लौरी स्थित आदर्श माविको प्रागंणमा शनिबार निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । मोरगं सुनसरी सेवा समाज नेपालको आयोजनामा गरिएको यो शिविर १७ औं आँखा शिविर रहेको थियो । शिविरमा आँखाका विरामीहरुको निशुल्क आँखा जाँच गरिनुका साथै निशुल्क औषधि तथा परामर्श दिइएको थियो । त्यसैगरी मोतिया विन्दुका विरामीहरुलाई विराटनगर गोल्छा आँखा अस्पतालको सहयोगमा निश्ुाल्क अपरेशनको व्यवस्था गरिएको थियो । शिविरमा महिला ८६ र पुरुष ७१ गरी जम्मा १५७ जना मानिसहरुले सेवा लिएका थिए भने मोतिया विन्दुका विरामी ३२ जनालाई अपरेशनको निम्ति विराटनगर लगिएको थियो ।
विराटनगर गोल्छा आँखा अस्पताल र तिल गंगा आँखा अस्पतालको संचालन सहयोगमा संचालित सो शिविरलाई रामधुनी नगरपालिका, रामधुनी नपा वडा नं. ६ र ७ को आर्थिक सहयोगमा संचालित रहेको यो शिविर आयोजक मोरगं सुनसरी सेवा समाज नेपाल को यो १७औं शिविर हो । वि सं.२०७२ सालमा यसै स्थानमा समाज नेपालले पहिलो पटक तत्कालिन अध्यक्ष गोकुल बहादुर थापाको संयोजक्त्वमा आँखा शिविर संचालन गरिएको थियो ।
शिविरको औपचारिक कार्यक्रम मोरगं सुनसरी सेवा समाज नेपालका अध्यक्ष रामनाथ भण्डारीको सभापतित्वमा थालनी गरिएको थियो । कार्यक्रममा विशेष अतिथि वडा नं. ६का वडाध्यक्ष हेमनारायण राजधामी र ७ नं. वडाध्यक्ष केशव गौतम, अतिथिहरु ऋायोजक संंस्थाका भूपू अध्यक्ष एवं हालको सल्लाहकार गोकुल थापा, बद्रि प्रसाद ज्ञावाली, मो.सु. सेवा समाज कतारका पूर्व अध्यक्ष लोकबहादुर तामागं र सदस्य टेक नाथ बराल लगाएत स्थानिय बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen