रामधुनी नगरपालिका वडा नम्बर ३ का थारु महिलासभा गाउँ कार्य समितिको आयोजनामा क्रिस्टल गरगहना निर्माण तालिम सिंगियामा हिजो जेष्ठ २३ गते विहिवार देखि थालिएको हो । रामधुनी नगरपालिका वडा नम्बर ३ का महिला वर्गलाई गरगहना निर्माण तालिम प्रदान गरि स्वरोजगार र आत्मनिर्भर बन्नका लागि उक्त तालिमको आयोजना गरिएको हो । तालिममा वडा नम्बर ३ का ३० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिम जेष्ठ २३ गते देखि २७ गते सम्म (५ दिन ) हुने थारु महिलासभा कार्य समितिका अध्यक्ष संगीता चौधरीले जानकारि दिनु भयो । तालिमको समुद्घाटन प्रमुख अतिथि तथा रामधुनी नगरपालिकाका उप–प्रमुख सबिना चौधरीले गर्नु भएको थियो । विशिष्ठ अतिथि वडा नम्बर ३ का राजकुमार चौधरी, अतिथि वडा सदस्यहरु, थारु महिला दिदीबहिनीहरु तथा वडा नम्बर ३ का ज्येस्ठ नागरिक मायाराम चौधरीको समेत उपस्थिति रहेको थियो ।