आशुतोष महिला कृषि सहकारीको आयोजना तथा रामधुनी नगरपालिका वार्ड नम्बर १ को सहयोगमा रामधुनी नगरका सहकारिकर्मिहरुको एकदिने अवलोकन भ्रमण सकिएको छ l
अवलोकनको क्रममा झापाको दमकमा अवस्थित मेची बहुउदेश्य सहकारी संस्था र गौरादह नगरपालिका – ५ महारानीझोडामा रहेको साना किसान क्रिसी सहकारी का बिभिन्न उत्पादनमुलक गतिविधि र आयआर्जन क्रियाकलापहरुको स्थलगत अवलोकन गरियो l रामधुनी बाट १५० जना सहकारीकर्मीहरु को सहभागिता रहेको उक्त टोलीमा झापाको मेची सहकारीले लिएको उदेश्य, लक्ष्य र कार्यहरुको बारेमा छलफल र परामर्श गरियो भने साना किसान सहकारीले चलाएका विभिन्न उत्पादन र आयआर्जनका श्रोतका बारेमा जानकारी प्राप्त गरिएको थियो भने सहकारीमा संग्लन व्यक्तिहरुको जीवनचार्य परिवर्तन भएको कुरा अवगत भएको साथै भ्रमण फलदायी भएको महसुस आशुतोष सहकारी संस्थाका अध्यक्ष अम्विका रिजालले बताउनुभयो l