रामधुनी नपा को वडा नं. ८ को कार्यालयको आर्थिक सहयोग र थारु महिला उत्थान समाज रामधुनीको आयोजनामा ८ नं. वडाका किशोर किशोरीहरुलाई साइवर क्राइम सम्बन्धि सचेतनामुलक अभियान कार्यक्रम संचालन गििरएको छ । डुम्राहाको सामुदायीक भवनमा संचालित सो अभियान कार्यक्रममा संचारकर्मी सुगदेव चौधरी, इलाका प्रहरी कार्यालय पकलीका अधिवक्ता शारदा अधिकारी र इनिष्पेक्टर जितेश दाहाल ले सहजीकरण गरेका थिए । कार्यक्रममा साइवर क्राइमको विशेषता तथा साइवर क्राइम हुने कारण तथा यस बाट बच्ने उपायको बारेमा सहजीकरण गरिएको थियो । इन्टरनेटबाट विकृति फैलिदै कसरी बन्द कोठा बाटै अपराधको रुप लिने गर्दछ भन्ने सन्दर्भमा उदाहरण सहित यस बाट सचेतहुन अपनाउनुपर्ने उपायहरुको बारेमा जानकारी गराएको थियो ।
कार्यक्रम थारुमहिला उत्थान समाज की अध्यक्ष सिता चौधरीको सभापतित्व तथा ८ नं. वडाका वडाध्यक्ष रुद्र बस्नेतको प्रमुख आतिथ्यतामा संचालन भएको हो । प्रमुख अतिथि बस्नेतले साइवर क्राइमको बारेमा आफुसुरुमा नबुझेको बताउदै यस विषयमा बुझेपछि यस सम्बन्धि सचेतना कार्यक्रमको आवश्यकता महशुस गरि यो कार्यक्रम आयोजना गरिएको बताउनु भायो ।