सुनिल चौधरी
झुम्का,जेष्ठ १७ । रामधुनी वडा नं. १ वडा स्तरीय महिला बिकास समितिले समाजमा बढ्दो अपराधजन्य घटना पहिचानगरी न्युनिकरण गर्ने उधेश्यले सञ्चालन गरेको अभियान अन्तर्गत सुक्रवार सैनिमैनिटोलमा सम्पन्न गरेको छ । वडाकार्यलयको सहयोगमा कार्यक्रमको दोस्रो दिन लागु औषध,दुब्र्यसन,साईबर अपराध,सामाजिक अपराध,महिला हिंसा तथा महिला दुब्यवहार,स्वस्थय सम्बन्धि सचेतना गरेको समितिकी अध्यक्ष आशा चौधरीले बताईन् ।
सैनिमैनि स्थित सचेतना कार्यक्रममा १ सय ४० जना सहभागी रहेका थिए । सचेतनाकालागी ईलाका प्रहरी पकलीका प्रमुख जितेस दाहाल,झुम्का स्वस्थय चौकी प्रमुख देवकृषण बिश्वासले सहजिकरण गरेको आयोजकले जानकारी दिए । बिश्वासले स्वस्थय सम्बन्धि जानकारी दिएका थिए भने दाहालले अपराध सम्बन्धि सचेतना गराएका थिए ।
यसैक्रम्मा जेष्ठ १९ गते आईतवार भासिमाबिको भवनमा हुने आयोजकले जानकारी दिएको छ । वडाकार्यालयको सहयोगमा वडा स्तरीय महिला बिकास समितिको आयोजनामा जेष्ठ २१ गते सम्म बिभिन्न गाउँटोलका महिलाहरुलाई जागरुक गर्न सचेतना अभियान सञ्चालन हुने जनाएको हो । सचेतना अभियानको पहिलो दिन बुधवार डुमैरिया टोलमा सञ्चालन गरेको थियो ।