मानिस हराएको सुचना
रामधुनी ५, झुम्का, सुनसरी (नेपाल) निवासी दिपक पौदार नाम गरेको मानिस यहि जेष्ठ ११ गते शनिबार (Saturday, 25th May, 2019) देखी हराएको हो । निज हराएको व्यक्ति कालो वर्णको, पहेलो रगंको कपडाको पेन्ट र कालो जर्सि लगाएको, उचाई ५ फिट ६ इन्च, वर्ष ४० को निधारमा खत भएको, गोलो अनुहार भएको मोटो मानिस रोजगारीको लागि भारत जानेक्रममा लखनउको रेल्वे स्टेशनमा अलपत्र परेको हो ।

लखनउ रेल्वे स्टेशनबाट हराएको दिपक पौदारको तस्वीर


भारतको लखनउ हुदै अहमदाबाद रोजगार गर्न जाने सिलसिलामा उनी सँगै भएको साथि टङ्क प्रसाद ढकाल घर फर्केर आएको छ । लखनउ रेल्वे स्टेशनबाट फर्केर आएका ढकालका अनुसार “लखनउमा रेल पर्किरहेका बेला उच्च रक्तचापले आक्रमण गरी वेहोस भएको पौदार करिव डेढ घण्टा पछि होसमा आएको थियो । केही समयको विश्राम पछि उनी दोश्रो पटक फेरी उच्च रक्तचापकै कारण बेहोस भएका थिए । होसमा आएपछि पौदारको मानसिक संतुलन गुमेको जस्तो व्यवहार देखाउन थालेको ढकालले बताए । उनलाई त्यही पर्खिन भनेर आफु बाथरुम गएका ढकाल फर्केर आएपछि, साथि दिपक पौदार सो ठाउमा नपाएपछि उनको खोजी गर्निथएको बताए । घण्टौ समयसम्म खाज्दा पनि पौदारको पत्तो नलागेपछि उनी हराएको जानकारी उनको घर परिवारलाई दिन स्टेशनबाटै फर्केर आए । ” टंक प्रसाद ढकाल र पौदारकी श्रीमति भानु चौधरीले घटनाको जानकारी रेडियोरामधुनीलाई गराएको हो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen