झुम्का, जेष्ठ १२

सुनसरीको रामधुनी नपा अन्तर्गतरहेका रोजगार सेवा केन्द्रको आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रम विषयमा गरिएको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रोजगार केन्द्रको स्थापनाको उदेश्य, रोजगार सेवा केन्द्रको परिचय, भूमिका तथा काम कर्तव्य र अधिकारका बारेमा जानकारी गराएको थियो । साथै रोजगार सेवा केन्द्रले नागरिकको रोजगार सम्बन्धि हक रोजगार छनौटको हक, संविधानको धारा ३०मा व्यवस्था भएको स्वरोजगार सम्बन्धि ऐन २०७५, रोजगार सम्बन्धि विनियम २०७५ तथा रोजगार निर्देशिका २०७५ को व्यवस्था तथा स्थानिय तहको रोजगार सेवा केन्द्रको काम कर्तव्य, अधिकार, कार्य प्रणाली तथा निति नियमको सम्बन्धमा केन्द्रका संयोजक खगेन्द्र सुव्वाले जानकारी गराउनुभयो ।
कार्यक्रम रामधुनी ५ मा अवस्थित रेडक्रस भवनमा गरिएको थियो । प्रसासकिय अधिकृत मोहन सिंह परियारको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा रामधुनी नगर प्रमुख जयप्रकाश चौधरी, शिक्षा शाखा प्रमुख राजन गेलाल, सहकारी प्रमुख अभिनारायण भट्टराई, नगरकार्यपालिका सदस्य तथा कर्मचारीहरु, नेकपा एमाले उपसचिव खगेन्द्र काफ्ले, लोकतान्त्रीक फोरमका प्रतिनिधि रामबहादुर खडगा, उद्योगी, व्यवसायी तथा मिडियाकर्मीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा धेरैले वेरोजगार र स्वरोजगारको वास्तविक अर्थ नबुझेको महसुश गर्दै यक कार्यक्रमबाट आफु प्रष्ट भएको अनुभुती सहभागीहरुले शेयर गरेका थिए । कार्यक्रममा जिज्ञासा राख्दै सहभागीहरुले रामधुनी नगरपालिकाको आर्थिक बजेट तथा रोजगार अन्तर्गतका ऋण सम्बन्धि कुरापनि उठाएका थिए । सो कुरालाई प्रष्ट पार्दै नगर प्रमुख जयप्रकाश चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रमको बारेमा भन्नुभयो – ”यो कार्यक्रम मेहनत र परिश्रम गर्ने मजदुरहरुको लागि हो । नेपालीहरुको काम नगर्ने प्रवृति तथा बसेर खाने परम्परालाई सदुपयोग गर्ने उद्देश्यले सरकारले ट्रायलको लागि यो योजना ल्याएको हो, यो प्रारम्भिक कार्यक्रम हो यसको सफता पश्चात थप रोजगारका कार्यक्रमहरु, तालिम तथा ऋण सम्बन्धि कार्ययोजना दिइने छ । ” उहाँले नगरमा रोजगारीको वातावरण नगरपालिकाले मात्र हैन विभिन्न संघसंस्था तथा उद्योग लगायत प्रत्येक नागरिक लागि पर्नु पर्छ । सहभागीले उठाएको नगरको बजेट लक्षित क्षेत्रमा नभइकन बाटो नाला सडकमा मात्र सिमीत भएको प्रश्नको सन्दर्भमा उहाँले यस कुरालाई सुझावको रुपमा लिई अबका दिनमा नगरको बजेट परिचालनमा नगर बासीहरुले योजना पेश गरेको खण्डमा जुन क्षेत्रको लागि बजेट छुट्याएको हो त्यही क्षेत्रमा खर्चहुने कुराको विश्वास दिलाउनुभयो । नगर प्रमुखको उक्त अभिव्यक्ति तथा नगरपालिकाको यस अन्तरक्रिया कार्यक्रमबाट सहभागीहरु खुशी व्यक्त गर्दै यस किसिमको अझै कार्यक्रमको अपेक्षा गरेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen