सुनिल चौधरी

झुम्का,बैशाख ३१ । युवाहरुमा शिप बिकासगरी आत्मनिर्भर बनाउन झुम्कामा सरोकारवालाहरु बिच शिप तालिम छनौट सम्बन्धि छलफल भएको छ । बिपन्न परिवारका युुवा सदस्यहरुलाई वल्र्डभिजनको सहयोग र युथक्रिएशन सुनसरीको सहजिकरणमा दिदै आएकको स्वरोजगार तालिमको समिक्षा तथा सञ्चालन गरिरने आगामी योजनाका बारेमा पहिचान गरी छनौट गरिएको हो ।

युवाहरुमा लागु पदार्थ दुब्र्यशनिबाट टाढा राख्न युथ क्रिएशनको आगामि योजना अनुसार तालिम सञ्चालनकालागी प्लम्बिङ्ग,एसि फ्रिज मेकानिक,ब्युटिपार्लर,सिलाई कटाई,बुटिक,ग्रील तथा आल्मुनियम फेब्रिकेशन,कमप्युटर मर्मत,मोबबाईल मर्मत,होटेल असिस्टेन्ट तालिम उपयुक्त रहने सहभागीहरुले सुझाव दिएका हुन् ।


युुवा रोजाईका शिप बिकास तालिम दिदा प्रभावकारी बनाउन सहभागीहरुले नियमित अनुगमन हुन पर्नेमा जोड दिए । युथक्रिएशनले पहिले सञ्चालन गरेका तालिम युवाहरु ब्यवसायिक रुप दिन नसकेको गुनासो आएको थियो । युवाहरु तालिम लिएर प्रमाणपत्र घरमा झुण्ड्याउने कार्य मात्र गरेकोले अबका दिनमा प्रभावकारी बनाउन स्थानिय तहसंग समन्बयगरी अगाडी बढ्नु पर्ने सुझावहरु दिएका थिए ।


पकली,मधैली,चाँदवेला,मधेशा,रामधुुनी,एकम्बामा स्काई क्लव गठन गरेका ३६ वटा मध्ये ३० वटा स्काईक्लवहरुमा युवाहरुलाई सो सिप सिकाईने परियोजना संयोजक भवेन्द्र बिश्वकर्माले बताए । युथ क्रिएशनका अध्यक्ष अम्बरबहादुर राईको सभापतित्वमा छलफल भएको थियो । छलफलमा जिल्ला समन्बय समितिकी उपाध्यक्ष कृष्ण कुमारी बि.क.,नगरप्रमुख जयप्रकास चौधरी,उपप्रमुख सबिना चौधरी,जिल्ला युवा समिति अध्यक्ष हर्कजंग एभेन्ग,गाढि १ नं. वडाअध्यक्ष संकरप्रसाद चौधरी,रामधुनी २ नम्बर वडा अध्यक्ष रामनारायण चौधरी,वल्र्डभिजनका कार्यक्रम बिशेषज्ञ बिनय चौहान लगायत स्काई क्लवकका लिडरहरुकको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen