सुनिल चौधरी
झुम्का,बैशाख ३० । कृषि क्षेत्रमा प्रवद्र्धन गर्दै किसान पेशालाई मर्यादित बनाउन सरकार बिभिन्न योजना ल्याईरहेको कृषि तथा पशुपन्छि बिकास राज्य मन्त्रि रामकुमारी चौधरीले बताउनु भयो । रामधुनीको बनडाँडा स्थित प्याबशन नमुना बस्ति शिल्यानास कार्यक्रममा उद्धघोष गर्दै बर्तमान सरकारले कृषकलाई बिदेश पलायनबाट रोक्न सफल भएकोले अबका दिनमा उनीहरुलाई उतपादकत्व बृद्धि गर्ने प्रोत्साहनकालागी बिस्तृत परियोजना प्रतिवेदन तयार भईसकेको जानकारी दिनु भयो ।

किसानलाई उत्पादनमा प्रोतसाहन लगायत कृषि उपज सुरक्षाकालागी र बजार प्रवद्र्धन गर्ने उधेश्यले बिस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भएको बताउनु भयो । रामधुनी नगरमा ५ हजार मेट्रिकटन क्षमताको सितभण्डार र ईटहरीमा प्रदेश स्तरीय कृषि प्रवद्र्धन बजारको डिपिआर तायर भएको उल्लेख गर्नु भयो । आ।ब। २०७५–७६ बाटनै डिपिआर तयार भएर कार्यन्वयको चरणमा रहेको जानकारी दिनु भयो ।

रामधुनीमा अदुवा बेसार,तरकारी,माछा पालन,गाई भैसि,बाख्रापालनको उलेख्य सम्भावना रहेकोहुदा सरकारले सुनसरीमा सहयोग अनुदान रकम उपलब्धगराई रहेको बताउनु भयो । हालै यस आर्थिक बर्षमा माछापालन प्रोत्साहनमा रामधुनी र दुहबीको लागी लगभग रु दुई करोड अनुदान रकम पशु भेटनरी अस्पताल कृषि बिज्ञ केन्द्र ईनरुवाबाट उपलब्ध गराएको छ ।

बिकासमा राजनितिकरण भईरहेको राज्य मन्त्रि चौधरीले बताउनु भयो । बिकास सबैको साझामुद्धा भएकोले यसमा प्रतिपक्षिहरुले राजनितिकरण गर्नु उचित नभएकोले समृद्धिकालागी सबै एक ढिका भएर लाग्नु पर्ने सुझाव दर्शाउनु भयो । समृद्ध नेपाल सुखि नेपाली सरकारको नारा साकारकालागी जनतामा गास,बास,कपासको ग्यारेन्टि हुनु पर्ने बताउदै तिन खम्बे अर्थ निति अनुसार सार्वजानिक९सरकार०,सहकारी र निजिक्षेत्र समन्बयगरी अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो ।

जग्गा चक्लाबन्दिगरी उत्पादनलाई एकिकृत गर्न सकिने बताउनु भयो । जग्गालाई जोड्दै उत्पादनमा बृद्धि भए आयात भन्दा निर्यात बढाउन सके आर्थिमा सबल हुनेमा जोडदिनु भयो । जग्गा बर्गिकरण निति अनुसार सरकारबाट किसानले सहयोग पाउने समेत जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen
Ramdhuni Idol Magh 26 final round Download Listen
prem ke sanesh new episod Download Listen
रामधुनी बहसमा फिल्मकर्मीहरु संगको कुराकानी Download Listen