सुनिल चौधरी
झुम्का, बैशाख २९ । कृषि अध्ययन अबलोकनले रामधुनीका किसानलाई खण्डित जग्गा एकिकृतगरी सामुहिक खेतीमा प्रोत्साहन मिलेको छ । उत्पादन र उत्पादकत्वमा बृद्धिल्याउन रामधुनी ९ नम्बर वडाकार्यालयले किसानहरुलाई गराएको अध्ययन अबलोकनबाट जग्गा एकिकृतगरी सामुहिक रुपमा खेति गर्नाले उत्पादन बृद्धिमा फाईदा लिन सकिने सिकाईउपलब्धि भएको सहभागी किसानहरुले बताएका छन् ।

रामधुनि ९ नम्बर वडाका अगुवाकिसानहरु सहित वडाकार्यालयका जनप्रतिनिधिहरु झापाको गौरादह नगरपालिका ४ स्थित एक सय बिगहामा गर्दै आएको सामुहिक खेति सनिवार अध्ययन अबलोकन गरेका थिए । २०५५ सालदेखिनै महारानि झोडा साना किसान कृषि सहकारी संस्था स्थापनागरी धान,मकै,तोरी बालिबाट मनग्गे आम्दानि लिईरहेका छन् । यसैगरी उनीहरु गाईपालनगरी दुग्ध जन्य र गोबरले आर्गानिक खेतिमा फाईदा लिदै आएको छ । यसका साथै राज्यको ८० प्रतिशत र समुदायको २० प्रतिशत लगानिमा बिउ ग्रेडिङ्ग पशोधन स्थापनागरी किसानलाई मुल बिउकालागी सहयोग गर्दै आएको जानकारी दिए ।

अध्ययन अबलोकनले झापा स्थित सहकारीले गरीएको जग्गा एकिकृतगरी शेयर प्रणली योजना उत्साहजनक लागेको अगुवा बिसान धनितराम चौधरीले बताए । कृषिमा आधुनिकीकरणगरी सामुहिक खेतिबाट किसान बाच्न सकिने सिकाई भएको किसान बासुदेव अधिकारीले जानकारी दिए । त्याबाट सिकाई हुदै हामि रामधुनीका किसान पनि यसैगरी योजनाबद्ध रुपमा लाग्ने किसानहरुले प्रतिबद्धता गरे ।

वडालाई कृषि क्रन्तिगरी आर्थिक सबलतामा पहुच पुर्याउने उधेश्यलले किसानमा प्रत्यक्ष सिकाई उपलब्धि हुनपर्ने वडा अध्यक्ष घनश्याम चौधरीले बताए । यसै सिकाई उपलब्धिकालागी वडाका किसानलाई सफलता पाएको स्थानमा अध्ययनकालागी भ्रमण गराएको जानकारी दिए । नगरपालिका दुई योजना कृषि र पर्यटनबाट मात्र समृद्धिहुन सक्ने वडा अध्यक्ष चौधरीले बताए । त्यसैले वडालाई कृषिको पाटोमा समृद्धि ल्याउन बजेट बिनियोजनगरी कृषि क्रान्तिमा जोड दिएको जानकारी दिए । अबको तिन बर्षमा वडाले कृषिमा फड्को मार्ने समेत वडा अध्यक्ष चौधरीले दाबि गरेका छन् ।

अर्गानिक खेति गर्न नसके अबको दश बर्षमा किसानले गर्ने उत्पादन तिब्रगतिमा कमि आउने सो सहकारी संस्थाका कृषि प्राबिधिक मनोज भटराइले बताउदै कम्पोष्ट मल बनाउने र प्रयोग गर्ने बिधिबारे जानकारी गराएका थिए । किसान बैज्ञानिक रामश्रे साहले बैज्ञानिक खेति प्रणालीबारे बताउदै मन्सुलिधान कठामा चार मनदरले उत्पादन गरिरहेको उपायबारे जानकारी दिए । त्यसैगरी सहकारी खेतिबाट पाएको उपलब्धिहरुका बारेमा अध्यक्ष मिना ढकाल र प्रबन्धक चिरन्जि भण्डारीले अभिमुखिकरण गरेका थिए । अध्ययनकालागी वडाका ६० जना किसानहरु सहित,जनप्रतिनिधि र पत्रकारहरु सहभागी थिए ।

तपाईको प्रतिक्रिया

“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen