नविन कुमार चौधरी, झुम्का
रामधुनी वडा नं. ९ को वडा कार्यालय भवन सोमबार सिलान्यास गरिएको छ । सवैको पायक पर्ने ९ नं वडाको सितपुरमा भवन निर्माण हुने भएको छ । रामधुनी नपाले आफ्नै भवन नभएका वडाहरुकालागि भवन निर्माणका निम्त प्रति वडा २५ लाखको बजेट निर्धारण गरिएकोमा श्रीजल निर्माण सेवा कम्पनीले १४ लाख ९७ जहारमा टेन्डर सम्झौता गरेकोले रामधुनीका ४ वटा वडा ( वडा नं. २, ४, ७ र ९ ) को भवन निर्माण गर्ने ठेक्का पाएको छ । यसै अनुरुप सोमबार वडा नं. ९ को कार्यालय भवन विशेष पुजा पाठ गरि विहान ८ बजेको शुभ साइतमा जग्गा दाता राजन कुमार शाहबाट सिलान्यास गरिएको हो ।

जग्गादाता श्री राजन कुमार शाह र उनकी पत्नी श्री रेनुका श्रेष्ठले कार्यालय भवनको लागि २ कठ्ठा ५ धुर र बाटोको लागि ३ कठ्ठा ३ धुर जग्गा उपलब्ध गराएको हो । जग्गादाता शाहले आफ्नो स्वर्गिय माता पिता श्री कृष्णमाया शाह र धनकृष्ण शाहको स्मृतिमा भवन तथा बाटोको लागि जग्गा दिएको बताए । सो भवन यहि जेठ मसान्त सम्ममा निर्माणकार्य सम्पन्न गरिसक्ने श्रीजल निर्माण सेवा का ठेक्केदार पृत्तमलाल चौधरीले बताएको छ ।
वडाध्यक्ष श्री घनश्याम चौधरीको सभापतित्वमा सम्पन्न सिलान्यास कार्यक्रममा प्रमुख अतिथि रामधुनी नगर प्रमुख जय प्रकास चौधरी, अतिथि चन्द्र कमल माविका भूपू प्र. अ. विश्व कार्की लगाएतले वडा कार्यालयको भवन निर्माण तथा वडाका अन्य विविध कामहरुमा सफलताको कामना दिदै कार्यालय भवनको लागि यो स्थान सवै वडाबासीहरुको लागि सेन्टर पर्ने भएकोले उपयुक्त भएको बताएको छ । मन्तव्यको क्रममा नगर प्रमुख चौधरीले भवन निर्माणकार्य सुरुवात मात्र भएको र यस वडाका वडाबासीहरुले योजना पेश गर्न सकेमा विकास निर्माणका विभिन्न कार्यहरु गर्न सकिने र त्यसको निम्त आफु सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा वडा सदस्य पुष्पलाल चौधरी, सोनिया थरुनी, योगेन्द्र बहादुर खडका, वडा सचिव जयराम चौधरी, वडाकार्यालयका कर्मचारीहरु, समाजसेवी बलबहादुर घिमिरे लगायत स्थानिय बासीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen