नविन चौधरी, झुम्का
सुनसरीको रामधुनी नगरपालिकामा अवस्थित कल्प वृक्ष पार्टि प्यालेसमा नेपाली काङग्रेस पार्टिको राष्ट्रिय जागरण कार्यक्रम सम्पन्न भएको छ । गाउँ, नगर, प्रदेश तथा केन्द्र सम्मका कार्यकर्ताहरुलाई एकिकृत गरी राष्ट्रका राजनैतिक गतिविधिलाई सुदृढ गर्न र नगरका जनताहरुसँगको प्रत्यक्ष अन्तरक्रिया गर्ने उद्देश्यले जागरण कार्यक्रम गरिएको जनाएको छ ।
कार्यक्रममा सुनसरीका नगर एकाइ, जिल्ला एकाइ तथा केन्द्रिय एकाइका पार्टि कार्यकर्ता तथा जनताहरुको वृहत उपस्थिति रहेको थियो । कार्यक्रममा कार्यकर्ताहरुले आ आफ्नो क्षेत्रको पार्टिभित्रका समस्या तथा जनताका समस्याको सामाधानको बाटोको निकासकालागि केन्द्रको भुमिका के रहने ? नेपाली काङग्रेसको जनता प्रतिको उत्तरदायित्व तथा जनताका लागि गर्नुपर्ने काम कर्तव्यहरु केके हुन सक्छ ? पार्टि भित्रका गुट बन्धि के हो ? जनताले कुन आधारले नेपाली काङग्रसमा विश्वास गर्ने भनी प्रश्न उठाएका थिए । जवाफिमा कार्यक्रमका विशेष अतिथि केन्द्रिय पार्शद नेता महेश आचार्य र बरिष्ठ नेता प्रमुख अतिथि रामचन्द्र पौडेलले स्थानिय निकाय देखी केन्द्र सम्मका नेता कार्यकर्ताहरु अब जागा बस्ने बेला भएको बताएको छ । पार्टि भित्रको कमि कम्जोरीलाई सुधार गर्दै दक्ष र जिम्मेबार नेता छान्ने जिम्मेबारी जिल्ला र नगरलाईनै भएको भन्दै अझ सक्रियता पूर्वक लाग्नुपर्ने जानकारी दिनुभयो । वर्तमान सरकारले दुई तिहाइ बहुमतको संस्थागत फाइदा उठाउदै न्यायपालिकालाई आफ्नो हातमा लिने गरेको बताउदै आचार्यले सरकारको गतिविधिको विरोध गरेका थिए । हत्या हिंसा, बलात्कारका घटना घटनुको सट्टा वृद्धि भइरहेको र सरकारले सत्ताको शक्तिलाई प्रयोग गरेर दोषिलाई स्वयम् संरक्षण गरेको आरोप समेत गलाउदै राष्ट्रमा सुशाशनका लागि काङग्रेको नेतृत्वको खाँचो भएकोले काङग्रेस कार्यकर्ताहरु जागरण बस्नुपर्ने बताएको थियो । किसानको मुद्धा, महङगी वृद्धि, महिला तथा मानव अधिकारको सवालमा, संचारकर्मीहरुको स्वतन्त्रताको हकमा वंशज नागरिकताको हकमा राज्यले सोच्नुपर्नेमा उल्टै शक्तिको प्रयोगगरि मनपरि कानुन बनाएको भन्दै त्यसलाई सच्याउन अबका दिनमा नेपाली काङग्रेश अझ शसक्त रुपमा लाग्नुपर्ने प्रमुख अतिथि पौडेलले बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद सिताराम मेहता, प्रदेश पार्शद राजिव कोइराला, केन्द्रिय सदस्य नरेन्द्र चौधरी, नगर प्रमुख जयप्रकास चौधरी, लगायत नगर, प्रदेश तथा केन्दिय्र स्तरका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य रामधुनी नगर सभापति सुदिप अधिकारीले गरेको थियो ।

तपाईको प्रतिक्रिया

All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen
Ramdhuni Idol Magh 26 final round Download Listen
prem ke sanesh new episod Download Listen
रामधुनी बहसमा फिल्मकर्मीहरु संगको कुराकानी Download Listen