सुनिल चौधरी
झुम्का,बैशाख २७ । रामधुनीका महलिा तथा किशोरीहरुलाई क्षमता अभिबृद्धिकालागी तालिम दिन सुरु गरेको छ । सामाजिक तथा आर्थिक शसक्तिकरण मञ्च नेपालको आयोजनामा सुक्रवारबाट ३ दिन तालिम दिईने छन् ।
मञ्चको उपाध्यक्ष कृष्णराम चौधरीको सभापतित्वमा नगर उपप्रमुख सबिना चौधरीले तालिम उद्धघाटन गर्दै परिवर्तन समाजमा महिलाहरुले नेतृत्वदायी भुमिका खेल्नु पर्ने बताईन् । महिलाहरु सामाजिक बन्धनका कारण बाहिर जान पनि समस्या भईरहेकोले महिलाहरु अडिग भएर अगाडी बढ्नु पर्ने सुझाव दिईन् । महिलाहरु श्रीमान् वा बुवा तथा सशुराको परिचयबाट चिन्दै आएकोले अबका दिनमा आफ्नै परिचय स्थापितगरी नेतृत्वमा आउनु पर्ने क्षमताको बिकास तालिमबाट उपलब्धि हुनु पर्ने बिचार ब्यक्त गरिन् ।
नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा ३५ जना भन्दाबढि महिला तथा किशोरीहरु सहभागी रहेका छन् । सामाजिक बिकृति न्युनिकरण,आर्थिक शसक्तिकरण,नेतृत्व बिकास क्षमताकालागी मत्तचले सो उधेश्य राखि कार्यक्रम गरेको मञ्च अध्यक्ष अशोक चौधरीले बताए । तालिममा वडाअध्यक्ष घनश्याम चौधरीले तालिम तथा नेतृत्व बिकासको महत्वबारेमा बताए थिए । जेष्ठनागरीक भवनमा झुम्कामा तिन दिन सम्म तालिम रबिन्द्र उरावले सहजिकरण गर्ने आयोजकले जानकारी दिए ।