नविन चौधरी, झुम्का
अध्ययनकालागि विदेशिएका सुनसरी, रामधुनीकी चेली साहित्यकारमा परिनत भएको अनुभव सँगाल्दै सोमबार एक कार्यक्रम विच साक्षात्कार गरेकी छन् । रामधुनीकी चेली सानु घिमिरे ज्योत्सना को सिडनी सपना उपन्यास माथि विमर्शको लागि कार्यक्रम आयोजना गरिएको हो । अष्ट्रेलियाको सिड्नी पुगेकी उनी विदेशमा आफुले भोगेका पलहरुलाई आफ्नो घर आँगन सम्झिदै आफ्नो जन्मभुमी नेपाल, नेपालको सानो बजार झुम्का र यहाँका हरेक गतिविधिलाई सिडनीको वातावरणसँगै दाँज्दै दुई देश विचको फरक अनुभवलाई पानामा उतारे पछि साहित्य बनेको पत्तै पाइनन् । उनी भन्छिन हामी स्कुल पढ्दा कसैले भविष्यमा के बन्ने भनेर सोध्दा उत्तरमा डाक्टर, इन्जिनियर वा पाइलट बन्छु भन्थ्यौं तर अहिलेका विद्यार्थीहरुलाई त्यही प्रश्न सोध्दा विदेश गएर पैसा कमाउछु भन्ने उत्तर आउदछ । ति अबोध बालकलाई के थाहा ति विरान स्मशानघाटमा आफ्नो भन्ने कोहि हुदैन, यहाँको हिम शिखरको मिठो चिसो पानी समुद्रमा मिल्दा नुनिलो कसरी बन्दछ के थाहा ? उनी राज्य सँग प्रश्न गरे साना साना लाला बालाहरुलाई विदेशगएर पैसा कमाउने सपना देखाउने कहाँसम्मको शासन हो । आफ्नो उपन्यासमा विदेशभोगेका तिता मिठा पलहरुलाई समेटेकोले यहाका नेपाली दाजुभाईले पनि यो किताब पढिदिएर प्रतिक्रिया जनाईदिनुकालागि अपिल समेत गरेकी छिन । साक्षात्कार कार्यक्रम सुरसागर संगितालयको आयोजनामा सुरसागरका संचालक पुष्प अधिकारीको सभापतित्व तथा नगर प्रमुख जयप्रकास चौधरीको प्रमुखआतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा स्थानिय बुद्धिजिवी, समाजसेवी, जेष्ठ नागरिक तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । सभापति पुष्प अधिकारीले मन्तव्य राख्दै समयको माग सँगै रामधुनीमा यस्ता साहित्य तथा साँस्कृतिक थलोको पनि विकासहुनुपर्ने आवश्यकतालाई महसुस गरि यो कार्यक्रम संचालन गर्न पाउदा खुशी व्यक्त गरेका थिए । नगर प्रमुख जय प्रकास चौधरीले यस्ता साँस्कृतिक तथा साहित्यले मानिसमा मान सम्मान र संयमता विकास हुने भएकोले यस क्षेत्रको विकासमा नगर सधैं तयार रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । हाम्रो रामधुनीमा पनि यस्ता साहित्यकारहरुको उदय भएकोमा गौरव महसुस गरेको बताउनुभयो । साथै उहाँले थारु साँस्कृतिक संरक्षण सम्बद्र्धनकालागि संग्राहालयको स्थापना गर्ने विषयमा चासोकासाथ लागिरहेको बताउनुभयो ।


