नविन चौधरी, झुम्का
सुनसरीको रामधुनी नगरपालिकाले २२ वटा कृषक समुह तथा व्यावसायिक किसानहरुलाई औषधी छर्किने स्प्रेयर एक कार्यक्रम गरि वितरण गरेको छ । नगरका किसानहरुलाई व्यवसायिकता तर्फ लाभान्वित गर्न र कृषि पेशालाई औद्योगिक रुपमा विकास गर्नेहेतुले रामधुनी नगरपमलिका कृषि शाखाको सक्रियतामा नगरका नौ वटै वडाका कृषक समुह तथा व्यावसायिक किसानहरुलाई वितरण गरिएको कृषि शाखा प्रमुख दुर्गा सापकोटाले बताउनुभयो ।
नगर उप प्रमुख सविना चौधरी र आर्थिक समिति संयोजक लक्ष्मी चौधरीले समुहका प्रतिनिधिहरुलाइृ वितरण गरिएको थियो । किसानहरुको आवश्यकतालाई मनन् गरि समुह मार्फत पहिलो पटक यो सामग्री वितरण गरिएको उप प्रमुख सविना चौधरीले बताउनुभयो । यो सानो सहयोग कृषककालागि कमै भएपनि आगामी दिनमा कृषकहरुले प्रस्तावगरे बमोजिमको कार्यक्रमहरु कार्यपलिकामा छलफलगरि बजेट निर्धारण गर्ने बताउनुभयो । त्यसतै आर्थिक समिति संयोजक लक्ष्मी चौधरीले दर्ता गरिएका फर्म तथा कृषि समुहहरु अनुगमन अवलोकनका क्रममा कतिपयले भने अनुसारको काम नगरेको पाइयो भने कतिपय फर्महरुमा उनीहरुले भने भन्दा पनि राम्रो तरिकाले व्यावसायिक ढंगबाट फर्म संचालन गरेको पाइएको बताउदै ति किसानहरुको प्रोत्साहनस्वरुप नगरपालिकाले यो कामको सुरुवात गरेको र आगामी वर्ष पनि किसानहरुको आवश्यकतानुसार मल, विउ, कृषि सामग्री तथा अनुदानका कार्यक्रमहरु ल्याउने बताउनुभयो ।
रामधुनी नपाका २२ जना मध्ये सृजनशिल कृषक समुह, सन्दासी बाबा कृषक समुह, समृद्धि कृषक समुह, प्रगतिशिल कृषि समुह, समिक्षा च्याउ उद्योग, कन्य च्याउ उद्योग लगायतका कृषि समुहहरुलाई स्प्रेयर वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen
Ramdhuni Idol Magh 26 final round Download Listen
prem ke sanesh new episod Download Listen
रामधुनी बहसमा फिल्मकर्मीहरु संगको कुराकानी Download Listen