सुनिल चौधरी
झुम्का,बैशाख ११ । कृषकले उत्पादन गरेको तरकारीबाट आचार,चिप्स र टमाटरशस बनाउने तालिम दिएको छ । आय आर्जनकालागी स्थानिय स्रोत र साधन प्रयोग गर्दै घरमै बनाउन सक्ने बिधिबारे तिन दिने तालिम दिएको हो ।
किसानले उत्पादन गरेको बस्तु बिक्रि हुन नसकेका बाँकी रहेकालाई प्रयोगमा ल्याएर आम्दानि लिन सकिनेगरीे नयाँ बस्तु उत्पादन गर्ने सिप वल्र्ड भिजनको सहयोगमा ग्रामिण समाज उत्थान केन्द्र सुनसरीले दिएको छ । कृषकले उत्पादन गरेको तरकारीहरुको मिक्स गर्दै आचार बनाउने सिप ग्रहण गरेको तालिममा सहभागीहरुले बताएका छन् । तालिमले थप आय आर्जन गर्न सक्ने भएको रोजिना चौधरीले बताईन् । घरमै स्थानिय साधनबाट उत्पादन गर्न सकिने मिक्स आचार, चिप्स र टमाटर शस बनाउने अभ्यास सहित तालिम पा्रप्त गरेको चौधरीले जानकारी दिईन् ।
तालिमले बस्तु उत्पादन गर्न सक्ने क्षमता अभिबृद्धि,आर्थिक आर्जन गर्न सक्नेगरी उधोग दर्ता प्रकृया,लेबलिङ्ग तथा बजार ब्यवस्थापन सम्बन्धि जानकारी गराएको छ । किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसक्दा त्यतिकै खेर जानु भन्दा पनि आचार,चिप्स,टमाटरशस बनाएर आम्दानि लिन सकिने उधेश्यले किसान लक्षित बस्तु बनाउने तालिम सञ्चालन गरेको सिप परियोजनाका संयोजक सन्तोष चौधरीले बताए । सो संस्थाले उत्पादन र उत्पादकत्व बृद्धिकालागी कृषकलाई प्राबिधिक सहयोग गर्दै आएको छ । तालिममा सुनसरीका मधेशा,ईटहरी,रामधुनी,चाँदवेला,एकम्बा लगायतका २५ जना महिला अगुवा किसान सहभागी भएका थिए । आईतवारबाट सुरु भएको तालिम मंगलवार समापन भएको हो ।

  

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen