सुनिल चौधरी
झुम्का,बैशाख ४ । राष्ट्रिय भिटामिन ए र जुकाको औषधि खुवाउन रामधुनी नगरकार्यपालिका र वडानं. ५ वडाकार्यलयले जनहितकालागी सुचना जारी गर्दै अनुरोध गरेको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रमको दोस्रो चरण अन्तर्गत यहि बैशाख ६ र ७ गते खुवाउन लागेको हो ।
रामधुनी नगरपालिका अन्तर्गतका ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ बर्ष देखि ५ बर्ष सममका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने जनाएको छ । कुपोषणको एकिकृत ब्यवस्थापन अन्तर्गत ५ बर्ष मुनिका बालकालिकाहरुलाई पोषण स्थित लेखा जोखा र ६ महिना देखि २३ महिनाका बालबालिकाहरुलाई पोष्कतत्व बालभिटा बितरण कार्यक्रम हुने भएकोले नगरवासिहरुमा सहभागीकालागी अनुरोध गरिएको छ ।
बिहान १०ः०० बजेदेखि ४ः०० बजे सम्म वडाका महिला स्वथ्य स्वयंमसेविकाहरुले खुवाउने छन् । नहर पुर्व महिला बिकास भवन र नहर पश्चिम थाकस भवन कार्यालय हसनपुरमा खुवाउने स्थान रहेको वडा नं. ५ का वडाअध्यक्ष डेगराज फुयालले जानकारी दिएको हो ।

तपाईको प्रतिक्रिया

“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen