सुनिल चौधरी
झुम्का,बैशाख ४ । तरकारी जोन क्षेत्र अबलोकनले सुनसरीका किसानलाई कृषिमा आधुनिकीकरणको सिकाई भएको बताएका छन् । नेपाल सरकारले पाल्पालाई गरिएको तरकारी जोन क्षेत्र घोषणा अन्र्तग उत्पादन बृद्धिकालागी तरकारी खेतिमा स्प्रिङ्ग सिचाई र थोपा सिचाई गर्नु पर्ने सिकाई उपलब्धि भएको ईनरुवा ७ चाँदवेलाका अगुवा किसान शुभकलाल सरदारले बताए ।
प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ब्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र(तरकारी जोन) बिकास कार्यक्रम अन्तर्गत हाईटेक टनेल प्रबिधि अनुसारले समेत पाल्पामा उत्पादन गरिदै आएको छ । बर्षेनी दुई करोडको तरकारी उत्पादनगरी सहकारी मार्फ बजार ब्यवस्थान गरिदै आएकोमा सो सिकाई भएको ईटहरी १८ डकहाटोलका अगुवा किसान दिपक चौधरीले बताए । तरकारी खेतिमा सिचाई आवश्यक परेको अवस्थामा पोखरी जस्तैगरी संचित गरेर राखेको पानि नयाँपन भएको किसानहरुले बताए ।
त्यसैगरी चितवनको भरतपुर स्थित अनुप सुबेदिले लगाएको २५ बिगहाको तरकारी अबलोकन गर्दै बोरी,करेला,काक्रा खेतीबाट उत्पादन र बजार ब्यवस्थापन समबन्धि जानकारी पाएको ईटहरी झोरापटाका किसान रामनारयण चौधरीले बताए । सुनसरीका ४१ जना किसानले उत्पादन क्षेत्र र बजार प्रवद्र्धनकालागी समेत ब्यापारीहरु संग अन्तकृया गरेका थिए । प्रदेश ५ को बुटबलमा रहेको कृषि उपज थोक बजार तथा चितवन महानगर फलफुल तथा तरकारी बजारमा ब्यापारी र किसान बिच छलफल गरेको होे ।
उत्पादन र उत्पादकत्व बृद्धिकालागी सुनसरीका किसानलाई वल्र्डभिजन ईन्टरनेशनलको सहयोगमा ग्रामिण समाज उत्थान केन्द्र(आरएसडिसी)ले सिपरियोजना अन्तर्गत प्राबिधिक सहयोग गर्दै आएको छ । सोहि अन्तर्गत सिकाई उपलब्धिकालागी तरकारी जोन पाल्पाको तानसेन,चितवनको भरतपुर अबलोक भ्रमण गराएको परियोजना संयोजक सन्तोष चौधरीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen
Ramdhuni Idol Magh 26 final round Download Listen
prem ke sanesh new episod Download Listen
रामधुनी बहसमा फिल्मकर्मीहरु संगको कुराकानी Download Listen