सुनिल चौधरी
झुम्का,बैशाख ३ । भाकलमा बैगन (भण्टा) चढाउने ईटहरीको कचना महादेव थारु पुर्वजको धरोहको रुपमा स्थापित रहेको छ । प्रत्येक बर्ष सिरुवा पर्वको अवसरमा बैशाख ३ गते ईटहरी स्थित कचना मेला लाग्ने गरेको छ । यस बर्ष पनि भब्य रुपमा मेला लागेको छ ।
ईटहरी ४ स्थित रहेको कचना देवथानमा हराएको धनमाल,गाई बस्तु भेट्टाउन,शरिरमा मुसा भए कुनै उपचार नगरी कामना गर्ने र भाकलबाटै सफलता मिल्ने बिश्वास रहेको छ । घरपरिवार,बालबच्चा स्वथ्यको कामना ,गाउँघरमा अनिष्ट नहोस,सबैको रक्षा गरुनको कामना गर्दै कचना मन्दिरमा दर्शन गर्न आउनेहरुको धुईचो लाग्ने गर्दछ । कामना पुरा हुनेले बैगनको जोडी भार चढाउने चलन रहेको छ । थारुहरुले बिशुद्ध रुपमा धार्मिक आस्थाले मान्ने राजाजी देवता कचना थानमा स्थापित रहेको छ ।
गाउँटोलमा आएको संकट हटेर जाउन भन्ने आस र बिश्वासले थारु समुदाय धेरै पहिले ईटहरी ४ स्थित राजाजि ग्रामथान स्थापना गरेका हुन् । पुस्तौ देखिको थारु संस्कार अनुसार सिरुवा पर्वको अवसरमा पुजापाठगरी मेला लगाउदै आएको पुजारी केशव कुमार राजधामीले बताए । धामी पुजारी बक्लौरी टेडी टोलका हुन । उन्ले भने मेरो चार पुस्ता देखिको बाबा पुर्वजले पुजा गर्दै आएकोमा मेरो भाई र म २०५१ साल देखि दुई दाजुभाईले बिडो थामेको बताए । कचना मन्दिरमा परमपरा देखि चल्दै आएको थारु संस्कार अनुसार पुजापाठ केहि गैर थारुहरुले हटाउन खोजेको उन्ले गुनासो गरेका छन् । पुर्वजकै पालादेखि बलि दिने चलन रहेपनि गैर थारुहरुले बलि चढाउन नहुने भन्दै विवाद पनि भएको बताए । यस्तै रह्यो भने यहाबाट थारु संस्कार समाप्त भएर जाने धामीले बताए । यसकालागी स्थानिय थारुहरु अडिग भएर बस्नु पर्ने सुझाव समेत दिए ।
थान तथा मन्दिरलाई चौधरी टोलका थारुहरुले संरक्षण गर्दै आएको छ । उनीहरुकै संयोजकत्वमा प्रत्येक बर्ष मेला लाग्ने गर्दछ । कचना थान संरक्षण समितिको सदस्य समेत रहेकी सुसिला चौधरीले पनि कचना थानबाट थारु संस्कार अनुसार पुजापाठ हुन नदिन चलखेल भैरहेको बताईन् । यस बर्ष पनि थारु परमपरा अनुसार पुजा चलाई रहदा गैर थारुबाट बिरोध आएको बताए । यसहाबाट पनि थारु संस्कार परमपरालाई बिस्थापन गर्ने सोच पलाएको हुन सक्ने चौधरीले बताईन् । तर कुनै पनि हालतमा आफनो पहिचार र संस्कार नछोड्ने महिला सभा केन्द्रिय सचिव तथा कचना संरक्षण समिति सदस्य चौधरीले प्रतिबद्धता गरिन् । शुसिला चौधरी स्थानिय ईटहरीको चौधरी टोल निवासि हुन् ।
स्वच्छ मनले भाकल गरे मनोकामना पुरा हुने जनबिश्वास रहेको ईटहरी निवासी थारु महिला सभा केन्द्रिय सचिव सुुसिला चौधरीले जानकारी दिएकी छन् । सो मन्दिरमा धेरै पहिले देखिनै एउटा शिला रहेको छ । जुन धार्मिक आस्थाले त्यस स्थानमा रहिरहेको छ । शिलाको छुटै महव रहेको छ । शिलामा जोडी बैगन चढाएर ढोग गरे दुःख कष्ट नास हुने जनबिश्वास रहेको छ । मेला लाग्ने दिन बिहानै पुजागरी भाकल चढाउने कार्य सुरुहुने महिला सभा केन्द्रिय सचिव चौधरीले बताईन् ।
कचना मेला पहिले ठुलो क्षेत्रमा लाग्ने गरेको थियो । तर अतिक्रमण र मिचाईले साधुरो ठाउँमा मेला लाग्ने गर्दा दर्शन गर्न आउनेहरुलाई सास्ती हुने गरेको छ । सो कचना मन्दिरकालागी ऐलानि जग्गा रहेको थियो । स्थानियहरुका अनुसार ईटहरीका आर्मि क्याम्प र खानेपानि ट्याङ्कीका समितिहरुले अतिक्रमण गर्दै केहि सिमित क्षेत्र मात्र रहेकोले साघुरो हुन गएको स्थानियहरुले जानकारी दिए ।

  

तपाईको प्रतिक्रिया

“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen