सुनिल चौधरी
झुम्का,बैशाख ३ । सुरु भएको सिरुवामेला धार्मिक आस्थाले मनाउदै आएका धार्मिक स्थलहरुमा मेला लाग्ने क्रम रहेको छ । मेलामा बिशेष धार्मिक मठ, मन्दिर, ग्राम थानमा भाकल चढाउन भिडलाग्ने गरेको छ । सबै ठाउँको आफनै महत्व बोकेका देव स्थानहरुमा भाकल दिने तथा पुजाअर्चना गर्ने गर्छन् ।
यसै क्रम्मा प्रत्येक बर्ष बैशाख २ गते ईनरुवा ७ स्थित रहेको डोडा मेला यसबर्ष पनि भंसियामाई र दगरीन थानमा भाकल दिदै मेला लागेको छ । मेला भर्न आएकाहरुले टुङ्गनी लहरनी,बोका,पाठी,परेवा,फुलघोडा,पान सुपारी चढाउदै दर्शन गर्नेहरुको भिड लागेको थियो । मनोकामना पुर्ण भएपछि बर्षेनी सोहि दिन भाकल दिने गरेको भंसियामाई मन्दिरमा पुजा गर्दै आएका धामि मदन राजधामिले बताए । साबिक चाँदवेला १ हाल ईनरुवा नगरपालिकाको वडा नं. ७ का डोडा टोलको उतरमा भंसियामाई मन्दिर रहेको छ । यस मन्दिरमा आर्थिकलाभ,सन्तान प्राप्ति,बालबच्चा शुस्वथ्य दिर्घायु लगायत बर्षै भरी लगाएको अन्नबालि सप्रियोसको कामना गर्दै भाकल गर्ने गरेको थानका अगुवा धनलाल खाँले बताए । पौराणिक मान्यता अनुसार मन्दिरको छेउमै रहेको भंसिया पोखरीमा भंसिया देवीले आस्था मान्नेहरुलाई सुन,चाँदिका भाडाकुडाहरु दिनेगरेको थियो भन्ने कथनहरु रहेको स्थानिय कालुराम चौधरीले बताए ।
त्यसैगरी टुङ्गनी लहरनी चढाई मन्नत मागन्ने दगरीन थान डोडाटोल स्थित दक्षिणमा रहेको छ । बालबच्चा सहज र स्वस्थयसंगले जन्म प्राप्तिको कामना गर्ने गर्दछ । पहिले अस्पतालहरु नहुदा घरमै बच्चा जन्माउने परम्परा हुनाले आमा र बच्चा दुवैलाई कुशलताको कामना गर्ने प्रचन आएको थान पति अनुमा मोचिले बताए । अहिलेपनि आमा र बच्चालाई शुस्वथ्यकोे कामना गर्दै त्याहा तुमिलहरनीका साथै परेवा,पाठि,बोका चढाउने भक्तजनहरु बढ्दै गईरहेको स्थानियहरुले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen
Ramdhuni Idol Magh 26 final round Download Listen
prem ke sanesh new episod Download Listen
रामधुनी बहसमा फिल्मकर्मीहरु संगको कुराकानी Download Listen