सुनिल चौधरी
झुम्का,बैशाख २ । रामधुनी वडा नं. ७ साबिक बक्लौरी गाबिस अन्तर्गत रहेको पञ्चायन देविथान संकटमा पर्ने सम्भावना देखिएको छ । प्रत्येक बर्ष बैशाख १ गते लाग्ने पञ्चायन मेलामा कसैले ध्यान नदिएको तर बिस्थापित हुन सक्ने सम्भावन बढेको अनुमान गर्न सकिन्छ ।
धेरै पहिले देखिनै भाकल गर्दै सो अनुसार त्यस पञ्चायन देवि थानमा बलि दिने चलन रहेको छ । मनोकामना पुराहुने भक्तनजले दक्ष अनुसारले दान र बलि चढाउने गर्दछ । भाकलमा बोका,परेवा,भाले,अण्डा लगायतका चढौवा चढाउदै आएको छ । तर शिवमन्दिरमा त्यस किसिमको कार्य नहुने भएकोले पञ्चाय देवि थानकै छेउमा स्थापनागर्नु देबि थान बिस्थापन हुने सम्भावनाको अनुमान गर्न सकिन्छ ।
देविथानको नजिकै पुर्वउत्तरमा शिव मन्दिरको स्थापना गर्न लागेको छ । शिवमन्दिरमा बलि भोग नहुने भएकोले समय परिस्थती अनुसार छेउमै रहेको देवि थानमा पनि बलि दिन नहुने भन्दै बिरोेध आउन सक्छन् र थानलाई पछि अन्यत्रै लानु पर्ने अवस्था सिर्जना हुन सक्छ । यस्तै घटना हामै्र छेउ छाउमा घटि सकेकोले समभावनाको अनुमान गरिएको हो । ईटहरी ८ टेंग्राटोल स्थित यसतै प्रकारको घटनाले आकलन गर्न सकिन्छ । पुस्तौ देखिको परमपरा अनुसार बलि चढाउदै आएको बिच्छुधामी ग्रामथानमा केहि ब्यक्तिको स्वार्थ पुर्तिकालागी ग्रामथान नजिकै शिवमन्दिर बनाईयो । सो ग्रामथानमा पुजा गर्ने बेलामा शिवमन्दिर छेउमै बलि दिन नहुने भन्दै गैर थारुहरुले बिरोध गर्दा त्याहाका समुदायलाई पुजा अर्चना गर्न समस्या भयो । पछि गएर अन्यत्रै ग्रामथान सार्न बाध्य भए । निर्माण भैसकेको शिवमन्दि भत्काउन पनि आफ्नै आस्थाले दिदैन । मनले मानदैनन् । तर पनि धेरै संघर्ष पछिको छुटै स्थानमा पुन निर्माण गरे । त्यसैले ईटहरीको सो घटनाको मध्यनजर गरौ भने पञ्चायन देबि थानको समस्या बल्झिन सकिने सम्भावना रहेको छ ।
अर्को सम्भावनामा के देखिएको छ भने देवि थान जिर्ण अवस्थामा रहेको छ । तर शिवमन्दिर त्यो भन्दाबढि लगानिमा निर्माण हुदै छ । देविथानकालागी आएको बजेट समेत शिवमन्दिर निर्माणमा लगाएको छ । पुजारी जितनलाल चौधरीका अनुसार स्थानिय गाउँटोलको सहमतिलेनै शिवमन्दिर निर्माण भैरहेको बताए । सहमति हुन सक्छ तर देवि थानमै सबै देवि देवताको बास स्थान रहेको पनि मान्न सकिन्छ । थारुको ग्रामथानमा सबै जातजातिको देवि देवता आसन हुन्छन् । त्यसैले सोहि मन्दिरमा पुजा अर्चना गर्दा हुन्थ्यो । शिव मन्दिरनै स्थापना गर्नु बाध्यता थिएन होला ।
दहि च्युरा चढाउने प्रितमगया थानका पुजारी रामनारयण दासले पनि त्यो आकलन गरेको छ । पञ्चायन देविथानमा चार पुस्तादेखि पुजा गर्दै आएको दासले बताए । उहाँले आफनो बाबा पुर्खाको नाम बताउदै बुधु माईझ,दरपलाल,देविलालले संरक्षण गरेको ग्रामथान देविलालको छोरा म संरक्षणमा लागेको रामनारयण दासले बताए । उहाँ संग कुराकानि गर्ने क्रममा उहाले भन्नु भयो पञ्चायन देविथानमा थारु बाहेक अन्य गैर थारुले समिति खडा गरेर पुजा गर्दै छन् थारुहरु छोड्दै गएको बताए । हो यस्तै कारणले समितिमा गैरथारु आउना साथ ग्रामथान धेरै स्थानमा बिस्थापन बन्ने घटनापनि सेलाएको छैन । ग्रामथानको स्थानमा शिवमन्दिर राख्ने,राजाजिको स्थानमा शिवलिंगको प्रतिमुर्ति राख्ने कार्य भैरहेको छ । जस्ले धेरै पहिले देखिनै गर्दै आएको पुजापाठनै थारुको पहचिान रहेको सो मेटाउने कार्यमा लागेको छ ।
यसतै घटना अरु पनि देखाउन चाहे । बैशाख ३ गतेको ईटहरीमा लाग्ने कचना मेला सबैमा जानकारीनै छन् । यहा घटना के भयो भने थारुहरु समितिमा कमै बस्न थाले गैर थारुले समित खडा गर्दै मेला ब्यवस्थापन गर्न थाले, । पछि गएर राजाजी देवताको स्थानमा शिवलिंगको मुर्ति राखेर पुजा लगाउन थालेका थिए । त्याहाका थारुले बिरोध गरेपछि हटाएको थियो । त्याहा के देखियो भने थारुले आफनो संस्कार अनुसार पुजा गर्दै आएकोमा शिवंिलंगको प्रतिमुर्ति राखेर परिवर्तन गर्न खोज्यो । थारुको पहिचान अनुसार कुनैपनि ग्रामथानमा मुर्ति रहेका पाईदैन । तर धार्मिक अवस्थालाई परिवर्तन गरी पहिचान मेटाउन चलखेल भएको हुन सकछ ।
त्यसैले यि घटनाको क्रम हेर्दा रामधुनी ७ स्थित पञ्चायन देवि थानमा समस्या निम्तिन सक्ने सम्भावनाको आँकलन गर्न प्रसस्त रहेको छ । त्याहाका समुदायले सो देवि थानमै पुजा गर्न सकिन्थ्यो ? त्यसैलाई संरक्षण गरेर मेला भब्य रुपमा लगाउन सक्थ्यो ? तर शिवमन्दिर नै स्थापना गर्नु के स्वार्थ लुकेको छ ? के बाध्यता रह्यो ?

   

तपाईको प्रतिक्रिया

“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen