सुनिल चौधरी
बैशाख १ । नव बर्ष २०७६ सुरुवात संगै रेडियो रामधुनी ७ औँ बर्षमा प्रवेस गरेको छ । २०७० साल आजकै दिन बैशाख १ गतेबाट आफनो परिक्षण प्रसारण सुरु गरेको थियो । भादगाउँ सिनुवारी गाबिसबाटै स्थापना भई स्वस्थ्य,शिक्षा,कृषि,संस्कृति लगायत स्थानियता बिकासमा सामाचार रचनात्मक भुमिका निर्वाह गर्दै आफनो ६ औँ बर्ष पुरा गरेको हो ।
रेडियो रामधुनीले आफनो परिक्षण प्रसारण सुरु गर्दै समाज समृद्धको अभियानकालागी प्रत्येक दिन १७ घण्टा सुचनामुलक जनचेतनाका कार्यक्रमहरु प्रसारण गर्दै आएको छ । बिहान ५ बजेबाट राति १० बजे सम्म आम स्रोतामा सेवा दिई रहेका छन् । रेडियो रामधुनी वेवसाईटबाट बिदेशमा www.radioramdhuni.com सुन्न सकिने क्षमता समेत बिस्तारगरी सेवा दिई रहेका छन् । २०७० सालमा स्थापना भई सबैको साथ सहयोगले हाल सम्म निरन्तररुपमा प्रसारण गर्दै आईरहेको छ । हाम्रो पात्रो वेबसाईट मार्फत पनि सहजरुपमा अनलाईन सुन्न सकिने भएको छ ।
प्रसारण बिस्तार संगै स्थानिय सामाचार प्रभावकारीकालागी रेडियो रामधुनीले थप समय निर्धारण गरेको छ । यस भन्दा पहिले बिहान ७ः०० बजे,मध्यान्ह १२ः०० बजे र साँझ ७ः०० बजे स्थानिय सामाचार प्रसारण गर्दै आएकोमा समय थपगर्दै बिहान १०ः०० बजे,दिउसो ३ः०० प्रसारणमा ल्याएको हो ।
समृद्ध समाजकालागी समावेसि आवाज मार्फत स्थापनाकाल देखिनै स्थानिय,राष्ट्रिय खवर र बिबिसि नेपालि सेवा सामाचार प्रवाह गर्दै आएको छ । कार्यक्रमहरु समावेसि रुपमा प्रसारण गर्दै स्थानिय बिकासमा टेवा पुर्याउदै भाषिक प्रवद्र्धनको समेत महत्वपुर्ण भुमिका खेल्दै आएको छ । शिक्षा,स्वस्थ्य,कृषिको सवालमा बहस चलाउदै सामाचार मार्फत बुलन्द गर्दै अगाडी बढिरहदा स्रोताहरु बृद्धि भईरहेको छ ।
नेपाल बन्द र लोडसेडिङ्गको मार खेप्दै पनि स्रोतामाझ निरन्तर रुपमा प्रसारण गरिरहे । त्यतिखेर आर्थिक रुपमा ठुलो भार परेपनि कर्मचारीहरुको सहयोगले प्रसारण सम्भव भएको हो । त्यसैगरी २०७२ साल बैशाख १२ गते बिहान ११ः५६ मा गएको ७.८ रिकटर स्केलको शक्तिसालि भुकम्पमा पनि निरन्तर सुचना तथा खवरदारीे गरिरह्यो । रेडियोको कर्मचारीहरुले निडर भएर सुचनाहरु प्रवाह गरे । भासि गाबिसनै हुदा २०७० सालमा आफनो प्रसारणमा ल्याएर बिकास र समृद्धिको सुचना प्रवाह गर्दै रामधुनी नगरपालिका स्थापना सम्म आफनो भुमिका निर्वागर्दै आएको छ भने अगामी दिनमा पनि गरिहने छ ।
नव बर्ष आगमनका साथै आफनो छैठो बार्षिकोत्सवको अवसरमा शिरुवा पर्व,जुरशितलको रेडियो रामधुनी परिवारले सम्पुर्ण स्रोता,बिज्ञापनदाता,शुभचिन्तक,शेयर सदस्य,पत्रकार,कर्मचारी, समाजसेवी राजनितिज्ञ तथा देशबिदेशमा रहनुहुने सम्पुर्ण नेपाली जनमा शुस्वस्थ्य,दिर्घायु एवं उत्तोरोतर प्रगतीको कामना गरेको छ ।