सुनिल चौधरी,
झुम्का,बैशाख १ । नव बर्ष आगमन संगै सुरुवात भएको शिरुवामेला चैत्र ३० गतेबाटनै सुरु भएको छ । धार्मिक आस्थाले मान्दै आएको सिरुवामेला बैशाख १ गते आईतवार सुनसरीको रामधुनी वडा नं. ७ स्थित पञ्चायन टोलमा लागेको छ ।
पञ्चायन देविको नाममा पुजाआजा गर्ने पौराणिक मान्यता अनुसार घरपरिवारमा आउन सक्ने संकटबाट बच्न भाकल गर्ने चलन रहिआएको छ । घाउ,खटिरा,रोग,ब्याधि नलागोस भन्ने कामना सहितको भाकल समेत गर्ने गरेको स्थानिय पुजारी जितलाल चौधरीले बताए ।
पञ्चायन देविको पश्चिक नजिकै जब्दि रहेको छ । देवि मन्दिरमा धामि खेल्दै जब्दिमा गएर सम्पन्न हुने मान्यता रहेको छ । एक कथन अनुसार धेरै पहिले पुजारीले धामि खेल्दै गएर जब्दिमा डुबेको स्थानियले बताए । धामि खेल्ने डुबे पछि पानिबाट धेरै बेर सम्म ननिस्किदा खोजिगर्दा नभेटिएको कथन रहेको छ । यसरी डुबेको पुजारी नभेटिदा सबैको कल्याण हेतु समपर्ण भयो भनेर बिश्वास रहेको छ । सुख शान्तिको सो जब्दिमा कामना गर्दै पान सुपारी,घोडाघोडी,बोका,परेवा,अण्डा चढाउने चलन रहेको छ ।
स्वच्छ मनले पञ्चायन देविको पुकार गरेर कामना गरे पुरा गर्ने अर्का पुजारी रामनारायण दासले बताए । पञ्चाय गाउँको दक्षिण पुर्व प्रितम गया भगवानको गहवरमा चार पुस्ता देखि पुजा गर्दै आएको बताउदै चौधरीले भने यहा दहि च्युरा चढाउने परमपरा रहेको जानकारी दिए । गाईले दुध दुहुन नदिने,हलोमा गोरु लाग्न नमान्ने समस्या सामाधान लगायत गाई बस्तु हराएमा भेटियोस भन्ने कामना गर्ने गरेको बताए । कामना पुरा भएर होला बर्षेनि दहि च्युरा चढाउनेको भिडलाग्ने गरेको चौधरीले बताए । देवि थानको करिब त्याहा सवा बिगहा जग्गा रहेको छ ।
प्रितम गया मन्दिर र पञ्चायन देवि थान चार पुस्ता देखि संरक्षण गर्दै आएको चौधरीले भने बुधु माईझको छोरा दरपललाल,दरपललालको छोरा देविलालले संरक्षण गरे अहिले म देविलालको छोरा रामनारायण संरक्षणमा जुटेको जानकारी दिए । उन्ले संरक्षणकालागी नगरपालिका तथा वडाकार्यलयबाट सहयोगको अपेक्षा गरेको छ । थान मर्मत सम्भार तथा घेराबेराकालागी सहयोगको अपेक्षा गरेका हुन् ।
बैशाख २ गते चाँदवेला स्थित डोरा टोलमा दग्रिन थानमा सिरुवामेला लाग्ने गर्दछ । बालबच्चा रामै संगले जन्म होस,आमा बच्चा दुवै सकुशलको कामना गर्दै टुंगनि र लहर्नि चढाउने मान्यता रहेको छ ।
(रेडियो रामधुनीबाट डोरा मेलाको समेत बिस्तृत जानकारी सहित सामाचार ल्याउने छौ)

   

तपाईको प्रतिक्रिया

“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen