सुनिल चौधरी
झुम्का,बैशाख १ । नवबर्ष २०७६ को आगमन संगै शिरुवापर्व सुरु भएको छ । शिरुवा पर्व नेपालीहरुको ठूलो पर्व हो । यो पर्व नयाँ वर्षको खुशियालीमा बिशेष थारुहरुले मनाइन्छ । शिरुवा पर्वको शाब्दिक अर्थ(शीर्षस्थ अर्थात् वर्षको सबै भन्दा पहिलो पर्व हुन्छ । यो वर्षको सबैभन्दा पहिले हुने हुनाले थारू भाषामा शिरुवा पर्व अर्थात् वर्ष भनिएको हो । थारू समाजमा “फगुवा उसारे आ शिरुवा पसारे“ भन्ने भनाइ (उखान) प्रचलित छ । यसको अर्थ हुन्छ( पर्वको शुरुवात शिरुवाबाट हुन्छ र यसको अन्त्य फगुवा वा फागु पर्व पछि हुन्छ । यो पर्व वैशाखमा मनाइने हुनाले यसलाई वैशाखी वा “बाईस पर्व“ वा “जुड शीतल पर्व“ पनि भनिन्छ । यो पर्व एउटा भए पनि यसका अनेक नाम छन् ।
शिरुवा पर्वको नायक बिछु धामी नामक देवता हुन् । यो चाड थारू जातिको एउटा विशिष्ट चाड हो । यो चाड थारूहरूका साथै राजवंशी, ताजपुरिया र बांतरहरूले समेत भव्यतासाथ मनाउँछन् । यो पर्वको साइनो समस्त भारतको वैशाखी, डोटी(बैतडीको विसु र आसामको विहुसम्म जोडिएको पाइन्छ । यसो भए पनि शिरुवा अथवा विच्छु महोत्सव भन्नासाथ थारू समाजमा प्रचलित अति प्राचीन धामीहरूका आभास गराउँछ ।
यो पर्वको तयारीमा मानिसहरू १० दिन पहिलेदेखि नै लागी अफ्ना घर आँगन लिपपोत र साफासुग्घर गर्दछन् । शिरुवाको अघिल्लो दिन अर्थात् चैत्र मसान्तको दिन सातु र गुँड आफ्नो कूल देवतालाई चढाइन्छ । आँपको टिकला पनि आफ्ना गृहदेवतालाई थारूहरूले चढाउँछन् । साथीभाइसँग परस्परमा रंग अबीर पनि खेल्छन् । बेलुका पुरी, वरी, खवौनी, डुवौवा सोहारी, सोहारी, कचौरी, बैगनी तथा अन्य किसिमका तरुवा भुजुवाका परिकारहरू बनाएर सानो(ठूलोको भेदभाव नगरी खाइन्छ । त्यस दिन भोलिका लागि पनि पुग्ने किसिमले परिकारहरू बनाइएका हुन्छन् । किनभने “चैतके निन्हल वैशाखमे खाना“ अर्थात् चैत्रमा बनाई वैशाखमा खाने भन्ने लोकोक्ति बमोजिम सतवानीको दिन बनाइएका परिकार शिरुवाका दिन खाने चलन पूर्वाञ्चलका थारू समाजमा निकै प्रचलित छ ।
शिरुवाका दिन (वैशाख १ गते) बिहानै घरका जेठा व्यक्तिले आफ्ना गृहदेवता, ग्रामदेवता र अन्य देवताहरूमा पवित्र जल चढाइ अन्य कुटुम्वहरूलाई पनि जलले टाउकोमा थप्थपाई आर्शीवाद दिने चलन छ । सानाले भने ठूलालाई खुट्टामा जल चढाई ढोग्ने चलन छ । देवतालाई जल चढाउँदा वर्षभरिको समय सुखद रहोस् भन्ने कामना गर्दै आशीर्वाद माग्दछन् । यस क्रियालाई नै थारूहरूले आफ्नो भाषामा जुडी शितल भन्ने गर्छन् । मोरंग जिल्ला थारूहरू हिलो र गोबर एकार्कालाई छ्यापी जुडी शितल पनि खेल्ने गर्दछन् ।
यस दिन ठाउँठाउँमा धूमधामसित मेला लाग्छ । परिवारका सबै सदस्यहरू आफन्त, इष्टमित्र र छरछिमेकीसँग मिली हुलमूलका जमात लिएर नयाँ नयाँ वस्त्र धारण गरेर मेला हेर्न जान्छन् । दिउँसो देवस्थलमा बलि दिइन्छ । साथै धामीले नम्होनी (देवता काम्ने) पनि खेल्दछन् र कष्ट हुनेले विन्तीगोचर चढाउँदा कष्टबाट मूक्ति पाउने उपाय बताउनुका साथ निवारण हुने आशीर्वाद समेत प्रदान गरिन्छ । शिरुवा पर्वको अघिल्लो रात अर्थात् सतुवाइनको राति धामीले नम्होनी खेल्छन्, गाऊँका भगतीयाहरूले गाऊँका भद्र मानिसहरूको उपस्थितिमा रातभरि हरिनाम किर्तन अर्थात् भगत गाई जाग्रम बस्दछन् र ग्रामदेवतालाई मनाउने काम गर्दछन् । हरिनाम किर्तन थारू भाषामै हुन्छन् ।
शिरुवा पर्वमा देश देशावरमा रहेका आआफ्ना सँगीसाथी तथा हितैषी र कुटुम्बलाई नयाँ वर्ष मुवारक लेखी पत्र पनि पठाउने गर्दछन् । यो प्रचलन अन्य जातिमा पनि रहेको देखिन्छ । यो पर्व खास गरी वैशाख एक गते प्रारम्भ भई महिना भरिनै चल्दछन् । यो पर्वको पूर्व तयारीको रूपमा थारूहरूले आफ्नो ग्राम देवताको पूजा चैत महिनामै सक्छन् । ग्रामदेवताका रूपमा नाथ थानको पूजा गर्ने चलन छ । नाथ थानमा गोरखनाथ सम्प्रदायकै कुनै अंशको पूजा गरिन्छ । सुनसरी जिल्लाको दक्षिणी क्षेत्रमा विशेष गरी भष्मनाथको पूजा गरी भष्मलाई पूजाको प्रसादीका रूपमा टीका लगाउने चलन रहेको छ । नाथको पूजा नगरी मूलथानको पूजा गर्न वर्जित मानिन्छ ।
थारूहरूको वस्तीमा विच्छु वा त्यस परिवारका अन्य ऐतिहासिक व्यक्तिहरू सौन,सुब्बई, कारो, मन्नो, शोभा, जिम्दार आदि धामीहरूको पूजा गरिन्छ । यो पूजाको आयोजनाको तिथि परापूर्वकालदेखि उनीहरूको कुलवंश एवं श्रेणीको आधारमा गर्ने गरिन्छ । आफ्नो कूलका ऐतिहासिक पुरुषहरूलाई पूजा गर्ने चलन ऐतिहासिक मात्र होइन, वर्तमान समयमा समेत उत्तिकै महìव पूर्व रहेको छ । नयाँ दिनको प्रारम्भ राम्रोसँग गरियो भने वर्षभरिकै दिन सुखद हुने विश्वासका साथ मनाइने यो पर्व सामाजिक सद्भाव बढाउनका साथै सांस्कृतिक चलनलाई समेत निरन्तरता दिन सफल छ ।

 

तपाईको प्रतिक्रिया

“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen