नविन चौधरी, झुम्का
प्रथम नगर स्तरिय खेलकुद प्रतियोगिता अन्तर्गत श्री चन्द्र कमल मावि मर्चैया सवैभन्दा बढि विधामा विजेता बन्न सफल भएको छ । १०० मि दौड, २०० मि दौड, ४०० मि दौड, ८०० मि दौड, १५०० मि दौड, ३००० मि दौड, ४ गुणा १०० रिले, ४ गुणा ४०० रिले, सर्ट फुट थ्रो, हाइ जम्प, लगं जम्प, ज्यावलिन थ्रो, त्रिपल जम्प, कवडि र भलिभल खेलहरु छात्र तथा छात्रा तर्फको खेल सम्पन्न भएको छ । चन्द्र कमल मा वि ले ९ वटा खेलमा प्रथम स्थानमा विजय हासिल गरि गोल्ड मेडल प्राप्त गर्न सफल भएको छ । दितिय स्थान हासिल गर्न सफल लर्डवुद्ध इन्टरनेशनल स्कुल ७ वटा खेलमा गोल्ड मेडल ल्याइ अग्र स्थान प्राप्त गरेको छ । आदर्श माविले ६ वटा विद्यामा अग्र स्थान प्राप्त गरि तृतिय स्थान हासिल गर्न सफल भएको छ भने नमुना माविले ३ विद्यामा गोल्ड मेडल प्राप्त गरि चौथो स्थान प्रप्त गरेको छ, युनिक सगरमाथाले २ विद्यामा गोल्ड मेडल प्राप्त गरी पाँचौ स्थानमा पर्न सफल भएको छ, भने र्यापिड लर्निङ्ग स्कुल १ विद्यामा गोल्ड मेडल प्राप्त गरेको छ भने युनिक एकेडेमीले पनि १ विद्यामा गोल्डमेडल प्राप्त गरेको छ । त्यसैगरि सिल्भर मेडल तर्फ चन्द्रकमलले ४ विद्यामा,आदर्श माविले ८ विद्यामा, लर्डवुद्धले ८ विद्यामा, नमुना माविले ४ विद्यामा, र्यापिड लर्निङ्गले १ विद्यामा, शनिश्चरे माविले १ विद्यामा, भासिमाविले २ विद्यमा र युनिक एकेडेमीले १ विद्यामा सिल्भर मेडल प्राप्त भएको छ । त्यसैगरि कास्य पदक अन्तर्गत चन्द्र कमल मावि मर्चैयाले ११, लर्ड बुद्धले ३, आदर्श माविले ८, नमुना माविले १, र्यापिड लर्निङ्गले २, भासि माविले २, सनिश्चरे मावि डुम्राहाले १ कास्य पदक प्राप्त गरेको छ । १५ वटा विद्यामा सम्पन्न भएको खेलमा रामधुनी नगरपालिकाका जम्मा ११ वटा विद्यालयहरुले सहभागिता जनाएको थियो ।
१०० मि दौड अन्तर्गत छात्र तर्फ युनिक सगरमाथाका निकेश चौधरी प्रथम भएको छ भने छात्रा तर्फ लर्ड वुद्धका आरति चौधरी प्रथम भएको छ । हाइ जम्प मा छात्रमा आदर्श माविका सुमन भटराई प्रथम, छात्रा तर्फ च क मा वि का अञ्जलि चौधरी प्रथम भएको छ, ४०० मि दौड मा छात्र तर्फ आदर्श माविका अनिस चौधरी, छात्रा तर्फ आदर्श कै कुमारी पौडेल प्रथम भएको छ । ८०० मिटर दौड मा छात्रा तर्फ समिता कार्की छात्र तर्फ नमुना माविका ज्ञनन् यादव प्रथम, त्यसैगरि लङ्ग जम्प मा लर्ड बुद्धका क्षितिज चौधरी प्रथम, छात्रा तर्फ माउन्ट समिटका संचिता चौधरी प्रथम भएको छ । त्रिपल जम्प छात्रा तर्फ आरति चौधरी र छात्र तर्फ बिशाल चौधरी प्रथम, ४ गुणा १०० रिलेमा छात्र तर्फ प्रथम लर्ड बुद्ध, छात्रा तर्फ चन्द्रकमल मावि प्रथम भएको छ । ४ गुणा ४०० मिटर रिले खेलमा छात्र तर्फ प्रथम स्थान च क मा वि मर्चैया,छात्रा तर्फ पनि च क मा वि मर्चैया प्रथम भएको छ । १५०० मि. दौड मा छात्र तर्फ आदर्श माविका संदिप राई र छात्रा तर्फ च क मा वि का सविना चौधरी प्रथम भएको छ । ३००० मि दौड छात्रा तर्फ सविना बस्नेत, छात्रमा संदिप राय प्रथम भएको छ । भलिभल खेल अन्तर्गत छात्र तर्फ प्रथम स्थान हासिल गर्न सफल युनिक एकेडेमी, द्वितिय स्थान चन्द्र कमल मावि र तृतिय स्थान हासिल गर्न सफल आदर्श मावि बक्लौरी भएको छ । छात्रा तर्फ भलिबलमा चन्द्रकमल मावि प्रथम र लर्डबुद्ध दितिय हुन सफल भएको छ । सट पुट थ्रो मा छात्र तर्फ नमुनाका सुरेन चौधरी, छात्रा तर्फ लर्डबुद्धका सुनिता कार्की प्रथम भएको छ । ज्यवलिन थ्रो मा छात्र तर्फ लर्ड बुद्धका सुरेश राई र छात्रा तर्फ आदर्श मा विका प्रमिसा राजधामी प्रथम हुन सफल भएको छ । समग्रमा रामधुनी न पा अन्तर्गतका विद्यालयहरुमा श्री चन्द्र कमल मावि मर्चैैया सवैभन्दा बढि स्वर्ण पदक, रजत पदक र कास्य पदक प्राप्त गरि प्रथम स्थान हासिल गरी प्रथम स्थानको शिखर चुम्न सफल भएको छ । त्यसैगरि द्वितिय स्थानमा लर्डबुद्ध ईन्टरनेशनल स्कुल झुम्का र तृतिय स्थानमा आदर्श मा वि बक्लौरी हुन सफल भएको छ । यस खेलबाट विजेता बन्न सफल विद्यार्थीहरुलाई छनोैट गरि जिल्ला स्तरिय खेलमा सहभागिता जनाउन सक्ने छ ।
एथलेटिक्सका १५ विद्यामा पहिलो पटक नगरपालिकाको आयोजनामा भएको यो खेलकुद प्रतियोगिताले सहभागि विद्यालय थता विद्यार्थीहरुको अनुहारमा खुशी र हौसला प्राप्त भएको छ । प्रतियोगिता उत्साहजनक भएको बताउदै रामधुनी नगर शिक्षा प्रमुख तथा प्रमुख संयोजक राजन प्रसाद गेलालले सम्पुर्ण विद्यालय तथा सहयोगी शिक्षक प्रशिक्षक निर्णायक मण्डल मा कृतज्ञयता व्यक्त गरेका थिए । पुरस्कार वितरण कार्यक्रमका सभाध्यक्ष एवं प्रमुख अतिथि नगर प्रमुख जयप्रकास चौधरीले सम्पुणमा आभार व्यक्त गर्दै नयाँ वर्ष २०७६को मंगलमय शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, संस्थापक, शिक्षक, जन प्रतिनिधिहरु अतिथिकोरुपमा उपस्थित रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया

“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen