सुनिल चौधरी
झुम्का,चैत्र २५ । आदिमकाल देखि तराईमा बसोवास गर्दै आएका थारु गाउँटोलमा भएका धार्मिक स्थलहरुको जग्गा अतिक्रमणहुने क्रम बढ्दै गईरहेको छ । पुर्वमा ईटहरी टेंग्राटोल स्थित बिच्छुधामी ग्रामथान,रामधुनी ४ ईक्राहीटोलका पनि बिच्चुधामी ग्रामथानको जग्गा अतिक्रमणगरी बिस्थापित गर्ने घटना नसेलाउदै रामधुनीको परियारपुर टोलको सौनधामि ग्रामथानको नम्बरी जग्गा पनि मिचाईमा पर्दा बिवाद बन्न पुगेको हो ।
वडा नं. ३ स्थित परिह्यारपुरटोलमा रहेको ग्रामथान जग्गाको उत्तरका सधियारले जग्गा मिचेर पक्की घर निर्माण गरेको छ । सधियारको आठ धुर जग्गाको बाटो तर्फ १८ फुट मुख रहेपनि २८ फुट ओग्टदै १० फुट मिचेको देखिदा त्याहाका समुदाय र सधियार बिच बिवाद बढेको हो । सौनधामि ग्रामथानको जग्गा देबिथान नामाकरणबाट १ कठा १३ धुर जग्गा रहेको छ । कि.ता. नं. १९४ साबिक सिंगिया वडा १ (ख)को सो जग्गा नाममा छन् । ग्रामथानको जग्गा लगभग तिन धुर मिचेको देखिन्छ । मिचेको भागको जग्गा छोड्नु पर्ने स्थानियहरुको माग रहेको छ ।
यता सधियार तथा घर निर्माण कर्ता ईन्द्र घिमिरेले जग्गा बन्दा बढि क्षेत्रफलमा घर बनाएको स्विकार गरेका छन् । जग्गाको मुख १८ फिट भएपनि २८ फिटमा घरबनाएको बताए । उन्ले भने जग्गा खरिद गर्ने बेलामा नरबढि जग्गा छन् भनेर लिएको,सोहि अनुसार घरपनि बनाएको घिमिरेले स्विकार गरेका हुन् ।
नरबढि जग्गा भने त्याहा कुनै नक्सामा नदेखिएको ग्रामथान संरक्षण समितिका अध्यक्ष बसन्त चौधरीले दाबि गरेका छन् । किता नं. १९४ को उत्तर बिवादित सधियारकै जग्गा छन् भने नरबढि जग्गा कहाँबाट आयो चौधरीले नक्सा देखाउदै जानकारी दिए । ग्रामथान जग्गा सिंगिया १(ख)को रहेको छ । १(ख) अनुसार नाप गर्दा मिचेको ठहर हुन्छ तर जग्गानै नभएको कि.ता. सिंगिया १(क)बाट नापेर नरबढि जगगा निकाल्ने काम भैरहेको अध्यक्ष चौधरीको भनाई रहेको छ ।
नगरबढि जग्गा निकाल्ने कार्य नगरपालिकाकै अमिन लगाएर वडा कार्यलयको संयोजकमा नाप गरेर निकालने काम भएको ग्रामथान संरक्षण संघर्ष समितिका संयोजक डोमाई चौधरीले बताए । जग्गा जुन कि.ता.मा रहेको छ सोहि किताबाट नापेर ग्रामथानको जग्गा पुर्याउनु पर्ने संघर्ष समिति अध्यक्ष चौधरीले माग गरेको छ ।
यसै बिषयमा सोमवार बिहान ग्रामथान अभियानकर्ता तेजनारायण चौधरी,थारु कनुन ब्यसायी केन्द्रिय अध्यक्ष रामराज चौधरी,थारु महिला सभा नगर अध्यक्ष सिता चौधरी लगायतका स्थानियहरु सहभागीतामा छलफल समेत भएको थियो । छलफलबाट ग्रांमथानको जग्गामा घेराबेरा गर्ने,संघर्ष समिति बनाउने लगायत सचेतना गर्दै जानेको निर्णय गरेको हो ।
नरबढी निकाल्ने काम जग्गा नापगर्ने कर्ताको हातमा हुने कानुन ब्यवसायी रामराज चौधरीले बताए । चार पाँच फिट परबाट नापेर पनि निकालन सक्ने उन्को भनाई रहेको छ । त्यसैले सरोकारवालाहरुको उपस्थितमा सहि जग्गा नाप गरेर बिवादको अन्तय हुनुपर्छ भन्ने धारणा ब्यक्त गरे ।
ग्रामथान सबैको सार्वजानिक जग्गा भएपनि स्वर्थकालागी हड्पन खोजिरहेको देखिएको अभियान कर्ता तेजनारायण चौधरीले बताए । ईटहरी,ईक्राहीमा पनि ग्रामथान माथि यस्तै प्रकारका घटना भएकोले यहापनि भएको दावि गरेका छन् । ग्रामथानको जग्गा ब्यक्तिगत स्वर्थकालागी कसैले प्रयोग गर्न खोज्यो भने त्यसलाई त्यहिको समाजले ठिक लगाउनु पर्ने धारणा ब्यक्त गरे । ग्रामथान थारुहरुको पहिचान भएकोले यसमा आखाँ लगाउनेलाई सियो धागोले टाल्ने समेत छलफलमा उद्धघोष गरेको छ । परिह्यारपुरका स्थानियले ग्रामथानको जग्गा एक ईन्च पनि नछोडेनु पर्ने सुझाव दिदै पुलिस प्रशासन,अड्डा अदालत खेप्नु परे नडराई भिड्नु पर्ने बताएका छन् ।
नोटः (त्याहा ग्रामथानको जग्गा यसभन्दा पहिले ३ कठा भन्दा बढि थिए तर स्वार्थकालागी स्थानियलेनै तिन कि.ता. बनाएर दुई कि.ता. हड्पन खोजेपछि गाउँटोलवासिले बिरोध गर्दा केहि नलागेर ग्रामथानको सोहि जग्गा दक्षिण तर्फ मन्दिर खडा भयो आखिर कस्ले गर्यो यस्तो हर्कत,सार्वजानिक जग्गा किन हड्पन खोज्यो बिस्तृत रुपमा सामाचार लिएर आउने छौ ।)