सुनिल चौधरी
झुम्का,चैत्र २५ । अपाङ्गता भएका ब्यक्तिहरुलाई राज्यले दिने सेवा सुबिधाकालागी स्थानिय तहले परिचयपत्र बितरण गर्न थालेको छ । चार प्रकारको रातो,निलो,पहेलो र सेतो बर्गिकरणगरी परिचयपत्र बितरण भईरहेको छ ।
अशक्तको किसिम हेरी सोहि अनुसारको सेवा प्रवाहकालागी रामधुनी नगरपालिकाले सोमवार ८ जनालाई बितरण गरेको छ । रामधुनी नगरपालिकामा सम्पर्क गर्न आएका (क) बर्गको ३ जनालाई रातो,(ख)बर्गको १ जना र (ग) बर्गको ४ जनाले परिचय पत्र पाएका छन् । वडा नं. १,६ र ४ बाट सो परिचय पत्रकालागी आवेदन दिएका थिए । परिचयपत्र नगर उपप्रमुख सबिना चौधरी र प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपानेले बितरण गरेका हुन् । परिचय पत्रकालागी सोमवारबाट पाँच दिन बितरण गर्ने अपाङ्गता संरक्षण समिति नगर अध्यक्ष डिल्ली चौलागाईले बताए ।
परिचयपत्रकालागी आवश्यक कागजातहरुमा आफ्नो वडाको डि.पि.ओ.बाट सिफारिस १ प्रति,नाबालक भए जन्मदर्ताको प्रतिलिपि वा निजको बाबु वा आमाको नागरिक्ताको फोटोकपि १ प्रति,साबालक भए नागरिक्ताको प्रतिलिपि १ प्रति,तिनवटा पासपोर्ट साईजको फोटो र १ वटा अपाङ्गत्ता देखिने ठुलो फोटो,बिपि कोईरालाल स्वथ्यबिज्ञान प्रतिष्ठान,सरकारी मान्यता प्राप्त अस्पताल वा आखा अस्पतालको रिर्पोट साथै ईनरुवा अस्पतालको सिफारिस पत्र संलग्न गर्नु पर्ने,पहिले अपाङ्गत्ता परिचयपत्र लिएका ब्यक्तिहरुले पनि पहिलेको परिचयपत्र सहित पेश गर्नु पर्ने छ । र निवेदनका साथ रु १० को टिकट टास गर्नु पर्ने महिला तथा बालबालिका शाखा प्रमुख सरस्वति ढुंगानाले जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया

“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen