सुनिल चौधरी
झुम्का,चैत्र २५ । हिंसा जन्य ब्यवहारबाट सुरक्षाकालागी रामधुनीका किशोरीहरुलाई सोमवार देखि तिन दिने आत्मरक्षा तथा मोटिभेसनल तालिम दिईदै छन् । हिंसा अन्तयको अन्तिम संकल्प,आत्मरक्षा मोटिभेसन उत्तम बिकल्पको नारा सहित ९ वटै वडाको किशोरीहरुलाई तालिम दिईरहेका छन् ।
आत्मरक्षाकालागी बिकल्प र कृयाकलापहरुको बारेमा अभ्यास गराउदै हिंसा सम्बन्धिको ज्ञान समेत दिईने सहजकर्ता शेखर ढकालले जानकारी दिए । तालिम नगर उपमेयर सबिना चौधरीले उद्धघाटन गरिन् । उद्धघाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपाने,वडाअध्यक्ष रामनारायण चौधरीको उपस्थिती रहेको थियो ।
रामधुनीका बिभिन्न वडाहरुबाट ४० जना किशोरीहरुको सहभागी रहेको छ । सक्षम युवा कल्व र नमुना नगर बालसञ्जाल रामधुनीको संयुक्त आयोजना तथा रामधुनी नगरपालिकाको सहयोगमा झुम्का स्थित जेष्ठनागरीकको भवनमा सञ्चालन भईरहेको छ ।