सुुनिल चौधरी
झुम्का,चैत्र २४ । रामधुनी वडा नं. ५ का अपाङ्गता भएकाहरुलाई आईतवार झुल र शैक्षिक सामाग्री बितरणरण गरेको छ । रामधुनी नगरपालिका र वडा कार्यलयको सहयोगमा ३२ जनालाई झुल तथा ५ जनालाई शैक्षिक सामाग्री बितरण गरेको हो ।
नेपाल अपाङ्गता संरक्षण समिति वडा समितिले झुल र शैक्षिक सामाग्री बितरणमा दृष्टि बिहिन कन्चन चौधरीलाई ब्रेलकपि समेत बितरण गरेको जनाएको छ । त्यसैगरी अतिबिपन्न परिवारका बिध्यार्थिलाई शैक्षिक सामाग्री दिनुका साथै स्कुल पोशाक समेत ििबतरण गरेको अपाङ्गता संरक्षण समिति वडा अध्यक्ष राजेन्द्र सरदारले जानकारी दिए । गर्मिमा हुने मलेरिया रोगबाट बच्न र शिक्षा प्रोत्साहनकालागी बितरण गरेको सरदारले बताए । अपाङ्गताकालागी समितिले यस भन्दा पहिले ह्विल चेयर,कृतिम खुट्टा प्रतयारोपन,स्टिक जस्ता सहायक सामाग्री बितरण गरेको थियो ।
कार्यक्रममा वडा सदस्य नरेश फुयाल,महिला तथा बालबालिका शाखा प्रमुख सरस्वति ढुंगाना,सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराई,नेपाल भुमिहिन सुकुम्बासि नगर अध्यक्ष हेमराज कार्की लगायतका अतिथिहरुले बितरण गरेका थिए ।