सुनिल चौधरी,
झुम्का,चैत्र २४ । बिध्यार्थिहरुमा खेलकुद बिकास गर्न रामधुनी नगरपालिकाले आईतवारबाट बिध्यालय स्तरीय प्रतियोगिता सुरु गरेको छ । नगरका सामुदायीक र संस्थागत बिध्यालयहरुको सहभागीतामा रामधुनी वडा नं. ९ अन्तर्गत रहेको धुरहा फिल्डमा बिभिन्न बिधा अन्तर्गत खेलकुद सञ्चालन गरेको हो ।
बिभिन्न १५ बिधामा खेलकुद गराईरहेको नगरपालिकाले जनाएको छ । प्रतियोगिता अन्तर्गत खेलहरुमा छात्र र छात्रा दुवै तर्फको १०० मि.,२०० मि.,४०० मि.,८०० मि.,१५०० मि.,३००० मि.,४×४०० मि. रिले दौड,४×१०० मि. रिले दौड,लङ्ग जमप,हाई जम्प,ट्रिपल जम्प,सटपुट छेलो,ज्यावलिन थ्रो,भलिवल र कबडी खेलको प्रतियोगिता गर्न लागेको जनाएको छ । प्रतियोगिता उद्धघाटनमा १०० मि दौड,सटफुट छेलोको प्रतियोगिता गराईएको छ । आईतवार भएको सञ्चालन भएको प्रतियोगिताको फाईनल भने सोमवार हुने छ । चैत्र २४ देखि चैत्र २६ सम्म एथलेटिक्स र चैत्र २७ देखि चैत्र २९ सम्म भलिबल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता खेलकुद बिकास नगर समितिकी संयोजक तथा उपमेयर सबिना चौधरीको सभापतित्वमा मेयर जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा उद्धघाटन भएको हो् । खेलकुदले स्वस्थय रह्न,ब्यक्ति,समाज,नगर लगायत राष्ट्रियको पहिचान बन्न सक्ने भन्दै अतिथीहरुले महत्वको बारेमा दर्शाएका थिए । वडाअध्यक्ष घनश्याम चौधरी,हेमनारायण राजधामी,शिक्षा अधिकृत राजन गेलालले मन्तब्य राख्दै महत्वको बारेमा बोलेका थिए ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen