भरौल,चैत्र २३ । राष्ट्रिय समृद्धिको शन्देस दिदै “बघमरीया” बंशावलिको प्रदेश १ र २ को सम्मेलन भरौलमा समपन्न भएको छ । राज्य समृद्धिको बाटोमा उन्मुख भैरहेको अवस्था आ–आफ्नो बंशावलीबाट समृद्धिमा लाग्नु पर्ने शन्देस दिदै नयाँ कार्यसमिति समेत गठन गरेको छ ।
बंशावलि अनुसार एक सहकारी स्थापनागरी आर्थिक उन्नतीमा लान्गु पर्ने योजना,शिक्षा आर्जनमा ध्यान दिनुपर्ने,कुल बंस लाई निरन्तर खोजि गर्दै जानु पर्ने लगायतका समाज परिवर्तन र राष्ट्रिय समृद्धिका महत्वपुर्ण प्रस्तावहरु उपर छलफल गरेको नयाँ कार्यसमितिका प्रमुख सचेतक शैलेन्द्र राजधामि बघमरियाले जानकारी दिए ।
“बघमरीया” बंशावलिको प्रथम सम्मेलनले सुनसरीका जुगल किशोर राजधामिको अध्यक्ष रहनेगरी तदर्थ समिति चयन गरेको छ । नयाँ कार्य समितिको उपाध्यक्षमा प्रेमकुमारी राजधामि(सुनसरी),सचिव संजय राजधामि(सुनसरी),कोषध्यक्ष बन्हु राजधामि(सुनसरी) चयन भएका छन् । सदस्यहरुमा गोबिनद,दयाराम, लक्षमण,सुगलतिया,कमल,फुलम,ईन्द् बिनोद र रामकलिया राजधामी रहनेगरी १३ सदस्य समिति चयन भएको हो । प्रमुख सल्लाहकारमा हृदय नारायण राजधामी,प्रमुख सचेतक शैलेन्द्र राजधामी तथा सल्लाहकारहरुमा बेचन,दिपक नरायण र सत्यनारायण राजधामीलाई चयन गरेको “बघमरीया” बंशावलिले जनाएको छ ।
प्रदेश १ र २ गरी “बघमरीया”बंशावलीको १ सय ६० घरधुरी रहेको छ । दियादिहरु यस भन्दा बढि पनि हुन सक्ने भन्दै खोजिकार्य भैरहेको बंशावलीका प्रमुख सचेतक शैलेन्द्र राजधामीले जानकारी दिए ।