झुम्का,चैत्र २१ । रामधुनी वडानं. १ झुम्का स्थित सिंचाई नहरमा बिहिवार एक पुरुषको बेवारिसे सब फेला परेको छ । अन्दाजि ३५–४० बर्षका देखिने ति पुरुषको सब झुम्का बजार पुर्व नहरगेटमा अडकिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
मृतकको ६ फिट उचाई रहेको जनाएको छ । अनुमानित सबको एक महिना भन्दाबढि भईसकेकोले पहिचान गर्न नसकिने अवस्था रहेको बताए । झुम्का स्थित बिहिवार बिहानै नहर गेटमा सब अडकिएको अवस्थामा स्थानियहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
हाल सम्म कसैले मान्छे हराएको सुचना नगरिएकोले सब पहिचानमा कठिनाई हुन सक्ने प्रहरीले बताए । सबलाई धरान क्याम्प सबगृहमा राखिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।