सुनिल चौधरी
झुम्का,चैत्र २० । रामधुनी नगरपालीकाले २०७६ चैत्र मसान्त सम्म लिएको बालमैत्रि नगर घोषणाको लक्ष्य पछ्याउदै वडा नं. ५ ले आवधिक लगानि योजना तयार गरेको छ । वडालाई बालमैत्रि घोषणाकालागी तिन दिनको कार्यशालाबाट रु १८ लाख ४९ हजारको लगानि योजना निर्माण गरेको हो ।
तयार गरिएको लगानि योजना पुस्तिका बुधवार उपप्रमुख सबिना चौधरीले वडाअध्यक्ष डेगराज फुयाललाई औपचारिक हस्तान्तरण गरिन् । योजना सहितको लगानी कार्यन्वयन भई वडा बालमैत्रि घोषणा सम्पन्न सम्म तदारुक्ताका साथ वडावासीहरु लाग्नु पर्ने उपप्रमुख चौधरीले ध्यानआकर्ष गराईन् । बालमैत्रि घोषणा पछि दिगो बिकासलागी समेत आ.ब.०७५÷७६ देखि ०७७÷७८ सम्म लगानी योजना तयार गरेको वडा अध्यक्ष फुयालले जानकारी दिए । राष्ट्रिय सुचक अनुसारको लगानी बाडफाड गरेका छौँ । आर्थिक बर्ष अनुसारको बजेट अन्तर्गत बाल बचाउमा २ लाख ३७ हजार,बालसंरक्षणमा २ लाख ६ हजार,बालबिकासमा २ लाख ८८ हजार,बाल सहभागिता २ लाख १० हजार,संस्थागत बिकास अन्तर्गत २ लाख ९ हजार खर्च बजेट तयार गरेको जानकारी दिए ।
बजेट निर्धारण अनुसार नगरकार्यपालीका,प्रदेस सरकार,संघ संस्थाहरुको सहयोग लिने वडाअध्यक्षले बताए । सरोकारवाला संस्था युथक्रिएशनले आवश्यक्ता अनुसार सहयोग रहने जनाएको छ । यस भन्दा पहिले पनि अभियानमा सहयोग गरेका हौ,युथक्रिएशन संस्थाका प्रतिनिधि राजु साहले भने नगर घोषणा सम्म सहयोग गरिरहने छौँ सो प्रतिबद्धता जनाए । नगरको वडा नं. २ घोषणा भई सकेको छ । घोषणा भएको वडालाई दिगोपनलकालागी बिहिवार छलफल तथा अन्तकृयात्म संचालन गर्दै थप योजना निर्माण गर्ने नगरका योजना प्रमुख हर्षलाल चौधरीले बताए ।
लगानि योजनाकालागी सोमवार देखि तिन दिन सम्म बालमैत्रि सुचकको मापन,आधिक लगानि योजना निर्माण र आवधिक लगानि योजनाको अन्तिम मस्यौदा उपर छलफल गरीएको थियो । योजनाकालागी बाल समुह प्रतिनिधि,बिध्यालय प्रतिनिधि,जनप्रतिनिधि, बालमैत्रि स्थानिय शासन वडा समिति,संघ संस्था,आमा समुहमहिला समुह,टोलबिकास समिति,स्वस्थय संस्था प्रतिनिधि, स्वस्थय स्वयम सेविकाहरुको सहभागीता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen