सुनिल चौधरी
झुम्का,चैत्र १८ । बढ्दो महिला हिंसा,बाल विवाह,तथा बालश्रम तथा शोषण न्युनिकरणकालागी रामधुनीको वडाहरुमा सडक नाटकद्धारा सचेतना गराएको छ । रामधुनी नगरपालिकाको आयोजनामा सोमवार वडा नं. १ को दलित बस्ति मोहनपुरमा नाटक प्रदर्शन गर्दै सचेतना गराएको होे ।
थारु चलचित्र तथा सांस्कृतिक संघ जिल्ला कार्यसमिति सुनसरीको सहआयोजकमा बालकलाकारहरु सहित नाटक प्रस्तुत गरेका हुन् । अभिभावकले मादक पदार्थको लतमा फस्दै गएपछि परिवारको सदस्यहरुमा हुने बिचल्लि बारेमा प्रदर्शन गरेका थिए । परिवारमा आर्थिक समस्याका कारण हुने कलह,बालबालिकामा पर्ने असर,संका,सामाजिक द्धन्द्ध हुनेबाट जोगिनु पर्ने सचेतना दिएका छन् । त्यसैगरी बालश्रम हुने कारण र निम्तिन सक्ने अवस्थाको न्युनिकरणकालागी बालकलाकार सहित अभिनय गर्दै दर्शकलाई सचेत गराएका छन् ।
बालकलाकार सुदिप चौधरीले श्रमिक पात्रमा प्रस्तुत गरिरहदा पाएको दुःखले रुदै सहयोगको अपेक्षा गरिरहदा दर्शक समेत भावुक बनेका थिए । दर्शक ७० बर्षिय गुज्रि सरदार भावुक हुदै भनिन् बालश्रम गर्नु पाप रहेछ त्यसैले बालबालिका माथि भईरहेको श्रमशोषन सबै ठाउँबाट हट्नु पर्ने धारणा ब्यक्त गरिन् ।
सडक नाटकमा ध्यानआकर्षकणकालागी हास्यब्यँग सहित शोषण बिरुद्ध शन्देस प्रवाह गरिरहेको छ । सचेतनाकालागी भने संघका सचिव जनक चौधरीले निर्दैशक गरेका छन् । सडक नाटकमा संघकी जिल्ला अध्यक्ष जानकी चौधरी, सदस्य सुनिल,एण्डिसा, बालकलाकार सुदिप,अक्ष्य,पाण्डव,दिलकुमारी, रंजना, अमन,निसान,राम्री,समिर,सुरज चौधरी अभिनयमा सहभागी छन् ।
रामधुनी नगरपालिकाले बालमैत्रि नगरकालागी हरेक क्षेत्रबाट प्रयास गर्दै गईरहेको छ । नगरवासिमा महिला हिंसा,बाल विवाह,तथा बालश्रम शोषण बिरुद्धमा लाग्न प्रचार प्रसार गरिरहेको छ । २०७६ चैत्र सम्म बालमैत्रि नगर घोषणा सम्म पुग्ने लक्ष्य सहितको कार्यक्रम गरिरहेको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen